प्रदिप सिंह लहान ।बडा दशैंको अवसरमा समाजसेवी पवन यादवले विष्णुपुर गाउँपालिका वडा नं. २ मा रहेका दुईजना आर्थिक रूपमा कमजोर परिवारलाई राहत वितरण गर्नुभएको छ। शंकर किराना पसलका प्रोप्राइटर समेत रहेका यादवले यस अवसरमा चामल, दाल, नुन, तेल र हल्दी वितरण गर्दै आफ्नो मनकारी भूमिकालाई उजागर गर्नुभएको हो।
समाजसेवामा सक्रिय यादवले समाजका कमजोर वर्गप्रति आफ्नो जिम्मेवारी बुझ्दै दशैंको बेला सानो भए पनि सहयोग गर्नु आफ्नो धर्म भएको बताउनुभयो। उहाँले भने, “दशैं पर्व सबैका लागि खुशी र उमंगको समय हो, तर केही परिवारहरूले आर्थिक अभावका कारण यसलाई खुसीपूर्वक मनाउन सकिरहेका हुँदैनन्। त्यसैले मैले आफूले सकेको योगदान गरेर उनीहरूलाई थोरै भए पनि राहत दिन चाहें।”
यस राहत कार्यक्रमबाट बिष्णुपुर गाउँपालिका वडा २ कौवाहा गाउँका दुईजना श्याम सुन्दर यादव र रामजनम यादवलाई, जो आर्थिक समस्याका कारण दैनिक आवश्यकताहरू जुटाउन संघर्ष गरिरहेका थिए,ले प्रत्यक्ष फाइदा लिएका छन्। पवन यादवको यस कदमले समाजमा सकारात्मक सन्देश पुर्याएको छ र अन्य सक्षम व्यक्तिहरूलाई पनि सामाजिक सेवामा प्रेरित गरेको छ।
यादवको यस योगदानले न केवल ती परिवारहरूलाई सहयोग पुर्याएको छ, तर समाजमा एकता, सद्भाव र परोपकारको भावना फैलाउन पनि मद्दत गरेको छ।
समाजका धेरै व्यक्तिहरूले पवन यादवको यो कार्यको प्रशंसा गर्दै उहाँलाई भविष्यमा पनि यस्ता परोपकारी कामहरू गर्न हौसला प्रदान गरेका छन्। जय दुर्गा माताको उद्घोष गर्दै, यादवले सबैको कल्याणको कामना गर्नुभयो।















