बारा।बाराको निजगढ नगरपालिकाबाट मोटरसाइकल चोरी गरेको आरोपमा दुई युवक पक्राउ परेका छन्। प्रहरी निरीक्षक सुमित कुसवाहको नेतृत्वमा खटिएको टोलीले सोमबार दिउँसो निजगढ नगरपालिका–८ नजिक पार्किङ गरिएको निलो रङको १५० सिसी मोटरसाइकल चोरी गर्ने बाराको कोल्हबी नगरपालिका निवासी २८ वर्षीय राकेशकुमार चौधरी र रौतहटको गुजरा नगरपालिका निवासी २४ वर्षीय मिथुन चौधरीलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका दुवैजनामाथि अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक कुसवाहले जानकारी दिए।















