काठमाडौँ।सुनको मूल्य नेपालमा अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपालीको दोस्रो ठूलो पर्व तिहारको अवसरमा लगातार उकालो लागेको सुनको मूल्यले आज कीर्तिमान कायम गरेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबार प्रतितोला रु. दुई हजार दुई सयले वृद्धि भई रु. १ लाख ७० हजार सात सयमा कारोबार भएको छापावाला सुन आजका लागि प्रतितोला रु. १ लाख ७१ हजार पुगेको छ। बुधबारको तुलनामा आज प्रतितोला रु. तीन सयले मूल्य वृद्धि भएको छ।
यस्तै, चाँदीको मूल्यमा भने गिरावट आएको छ। बुधबार प्रतितोला रु. दुई हजार एक सय २० मा कारोबार भएको चाँदी आजका लागि प्रतितोला रु. दुई हजार ९० मा झरेको छ, जुन रु. ३० को कमी हो।















