लहान।सिरहाको लहान नगरपालिका वडा नम्बर ३ स्थित लक्ष्मण ललिता मावि पोखडीमा छठ पर्वका लागि तयारी पूरा भएको छ। पोखडीको घाटलाई सुरक्षित र व्यवस्थित बनाउने काम अन्तिम चरणमा पुगेको छ।
तराई मधेश र मिथिला क्षेत्रका लागि विशेष धार्मिक पर्वका रूपमा मनाइने छठमा यस वर्ष हजारौं श्रद्धालुहरूको सहभागिता रहने अनुमान छ। पर्वको सफलतासाथ आयोजना गर्नका लागि स्थानीय प्रशासन र समितिहरूले सबै तयारी पुरा गरेका छन्।



















