खोटाङ — केपिलासगढी गाउँपालिका–१, फेदीस्थित पिपिङ गाउँका ५८ वर्षीय जगतप्रसाद राईको सिकार खेल्ने क्रममा साथीको गोली लागेर मृत्यु भएको छ। २५ वर्षीय चेतन राईसँग सिकारका लागि जंगल गएका जगतप्रसादलाई चेतनले मृग ठानेर चलाएको भरुवा बन्दुकको गोली लाग्दा घटनास्थलमै मृत्यु भएको हो।
फेदीको हात्तीढुङ्गे जंगलमा रातको समयमा सिकार खेल्ने क्रममा चेतनले मृग आएको ठानेर गोली चलाएको थियो। तर, गोली मृगलाई नभई साथी जगतप्रसादलाई लाग्दा उनको घटनास्थलमै मृत्यु भयो। गोली लागेपछि चेतनले गल्ती स्वीकार गरेका छन् र उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
स्थानीयले मनोरञ्जन र मासुका लागि जङ्गली जनावरको सिकार गर्दै आएका छन्, जसले लोपोन्मुख जीवहरू रेडपाण्डा र सालक लगायतको चोरी सिकारको समस्या बढाएको छ।















