लहान १४ बैशाख – लहान ७ मा स्थानीय चुनावमा काङ्ग्रेस र जसापा बीच कडा प्रतिस्पर्धा हुने स्थानीयको भनाई छ्। नेपाली काङ्ग्रेस निकट राम औंतार शर्मा र जसपा नेपाल निकट राकेश रोशन गुप्ता बीच कडा प्रतिस्पर्धा हुने जनबिश्वास छ्।
शर्मा सोही वाडाका प्रत्यासी हुन् भने राकेश रोशन गुप्ता जसपा पार्टीबाट पछिल्लो निर्वाचनमा जसपा नेपालबाट निर्वाचित भई वाडा अध्यक्षको जिम्मेवारी समेत सम्हालेका थिए। बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिन काङ्ग्रेस निकट राम औतार शर्मा र जसपा निकट राकेश रोशन गुप्ताले मनोनयन दर्ता गराएका छन्। दुबै जना बीच कडा प्रतिस्पर्धा हुने अनुमान छ्।















