Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

जनकपुर बोल्ट्स र जनमतको धोती संघर्ष राजेश विद्रोही


जनकपुर बोल्ट्स र जनमतको धोती संघर्ष राजेश विद्रोही

गत वर्ष म एकजना साथीको घर (काठमाडौँ)मा पुगेको थिएँ । म पुग्दा साथीले आफ्ना चार वर्षका छोरालाई स्कुल पठाउने तयारी गर्दै थिए । मलाई देखेर साथीका छोराले हिन्दीमा मेरो घर–ठेगाना सोधेछन् । यो सुनेर साथी छक्क परेका रहेछन् ।

उनीहरू घर–परिवारमा नबोल्दा रहेछन् तर आफ्नो सानो छोराले हिन्दी सिकेको र मलाई ‘हिन्दीभाषी’ भनेर सम्झेकामा साथीलाई अनौठो लागेको रहेछ । यसबारे हामीबिच केहीबेर कुराकानी समेत चल्यो । बच्चाहरूले मोबाइल वा टीभीमा ‘मोटुपतलु’ लगायत हिन्दी भाषाका कार्टुन हेर्ने गर्छन्, त्यसैको प्रभाव हुन सक्नेमा हामी पुग्यौँ ।

ADVERTISEMENT

एक दिन मेरो छोरा रतन (वर्ष १०) स्कुलबाट आयो र झोला नबिसाउँदै मलाई प्रश्न गर्‍यो — बुवा हामी मधेसी हो कि पहाडी ? मैले उसको कुरा नसुनेझैँ गरेँ । तर, उसले जिद्दी गरिरहयो र मैले भनिदिएँ— हामी मधेसमा बस्ने सबै मधेसी हौँ ।

ADVERTISEMENT
ADVERTISEMENT

उनीहरूको स्कुलमा साथीहरूसँग यो प्रसंग चलेको रहेछ । उसले हामी नेपाली हो भनेको रहेछ । किनभने हामी परिवारमा आजसम्म आपसमा आफ्नो मैथिली भाषा बोलेनौँ । आफ्नो गाउँघर, साथी–संगत र आफ्नो भाषीसँग भने बोल्ने बानी छ ।

डा. राउत अघिल्लो वर्ष पनि अंग्रेजी नयाँ वर्षको दिन ‘धोती दिवस’ मनाउन माइतीघर मण्डला पुगेका थिए तर राउतसहित नेता–कार्यकर्ता पक्राउ परेका थिए, यस वर्ष पनि त्योभन्दा फरक गतिविधि नहुने देखिन्छ ।

माथि उल्लिखित बच्चाहरूको दुई प्रसंगबाट के प्रस्ट हुन्छ भने कुनै पनि विषयवस्तुको प्रभाव दृश्य–अदृश्य रूपमा मानिसमा सानैदेखि परिरहेको हुन्छ । चलिरहेको र बाँचिरहेको परम्परागत त्यो प्रभावलाई हामीले न्यूनीकरण गर्न सकिन्छ तर तोड्न गाह्रो छ । यसलाई तोड्नकै लागिराज्य कि त सामाजिक स्तरबाटै हामीले लामो मिहिनेत गर्नुपर्ने हुन्छ । हामी ठुला र बुझ्ने सचेत मान्छेले आफ्नो घर–परिवारमा जतिसुकै सावधानी अपनाए पनि बाहिर हुने साथ, संगत र प्रभावले कुनै न कुनै रूपबाट पुस्तान्तरण भइरहेको हुन्छ ।

नेपाली समाजमा शासकीय हिसाबले देखिएको सबैभन्दा ठुलो रोग हो ‘मधेसी–पहाडी’ बिचको द्वन्द्व । दोस्रो ठुलो समस्या हो ‘जातीय समस्या’ । अभिजात वर्गका शासकहरू आजसम्म यिनै कुरामा टिकिरहेका छन् र आ–आफ्ना पकडका जनतालाई मूर्ख बनाइरहेका छन् । राष्ट्रियता र राष्ट्रिय एकतालाई कमजोर बनाइरहेका छन् । नागरिकको विविधतालाई सर्वमान्य हुने गरी राज्यशक्ति, स्रोत र साधनको वितरण तथा स्थापित गर्ने मनसाय कुनै पनि शासक वर्गमा छैन । जसले गर्दा नेपाली समाजलाई नेपालीजस्तो रहन दिएको छैन । खोक्रो नेपालीपन र राष्ट्रियताले देश चलिरहेको छ ।

अंग्रेजी वर्ष २०२४ नेपालीका लागि समस्याकै वर्षका रूपमा रह्यो । सामाजिक, आर्थिक र राजनीतिक रूपमा समेत कुनै फड्को मार्न सकेनन् । बेथिति, भ्रष्टाचार, द्वन्द्व, प्रतिरोध र प्रतिशोधमै केन्द्रित रह्यो हरेक क्षेत्र । सबैभन्दा दुःखद विषय के त नयाँ वर्षकै सान्निध्यमा भएको नेपाल प्रिमियर लिग (एनपीएल)को धोती विवाद । जसले २०२४ को सिंगो वर्षलाई एनपीएलको धोती विवादमा ल्याएर जोड्ने दुस्साहस भयो । एनपीएल सिंगो देशले गर्व गर्ने नभएर मधेसीका लागि मात्र गर्व र विजयोत्सवका रूपमा स्थापित गरे । अन्तर्राष्ट्रिय स्तरमा जसरी खेल क्षेत्रले नाक जोगाउँदै आयो, यसलाई राष्ट्रिय रूपमा जोड्न सकेनौँ । जबकि खेल जगतले आजसम्म नेपाललाई विश्वमै चिनाउने सफल भूमिका निर्वाह गर्दै आएको छ । अरु क्षेत्रको अवस्था भने डामाडोल छ । तर हामीकहाँ राष्ट्रका सम्पत्ति खेलाडीलाई समुदायसँग जोडेर हेर्ने दृष्टिकोण दुःखद छ ।

पहिलो एनपीएलमा जनकपुर बोल्टसले गरेको धोती संघर्षसँगै ऐतिहासिक जितले हलचल मच्चाएको छ । यसको फाइदा सबैभन्दा बढी डा. सिके राउत नेतृत्वको जनमत पार्टीलाई भएको छ । त्यसैले जनमत पार्टीले अंग्रेजी नयाँ वर्षको दिन (बुधबार जनवरी १) काठमाडौँ लगायत देशका विभिन्न स्थानमा धोतीलाई आफ्नो राष्ट्रिय पोसाकको रूपमा लिई ‘धोती दिवस’ मनाउन पार्टीको तहगत संगठनलाई निर्देश दिएको छ ।

मधेसी मनोविज्ञानमा चट्टानझैँ उभिएको जनमत पार्टीका अध्यक्ष डा. राउत अघिल्लो वर्ष पनि अंग्रेजी नयाँ वर्षको दिन ‘धोती दिवस’ मनाउन माइतीघर मण्डला पुगेका थिए तर राउतसहित नेता–कार्यकर्ता पक्राउ परेका थिए, यस वर्ष पनि त्योभन्दा फरक गतिविधि नहुने देखिन्छ । पहाडी समुदायले यो दिनलाई ‘टोपी दिवस’का रूपमा मनाइरहँदा डा. राउतले जसरी यसलाई लक्षित गरी विभेद र ओझेलमा पारिएका मधेसीको सान, मान र पहिचान धोती–कुर्ता पनि राष्ट्रिय पहिचान हो भनेर उभिएका छन्, अरु मधेसी दल र नेतामा यस्तो देखिएको छैन ।

डा. राउतको पार्टीले ‘धोती दिवस’ मनाउनुलाई राज्यले जसरी लिएको छ, यसले देशमा विद्यमान जातीय, सामुदायिक वा क्षेत्रीय विभेददलाई दर्शाउँछ । मधेसी नागरिक राज्य र अन्य समुदायबाट कसरी प्रताडीत छन् भन्ने कुराका प्रमाण हुन् माथि आएका प्रसंगहरु ।

विभिन्न राजनीतिक सामाजिक विश्लेषकले यो दुवै दिवस (धोती र टोपी)लाई आ–आफ्नै ढंगले विश्लेषण गर्दै आएका छन् । कसैले टोपी दिवसकै दिन साम्प्रदायिकता भड्काउने र राष्ट्रिय एकतालाई कमजोर बनाउने खेलमा सिके राउतले धोती दिवस ल्याएको र उनको मनोविज्ञान अझै पनि विखण्डनकारी रहेको तर्क गरिरहेका छन् भने यो दिवस अरु कुनै दिन मनाउँदा हुने पनि बताउँदै आएका छन् । नागरिकलाई आपसमा जुध्ने र जुधाउने गरी जसरी धोती र टोपीको मानसिकता क्याच गर्ने गरी यी दिवस मनाइँदै छन्, जो गलत छन् । यसलाई सामूहिक रुपमा मनाउनुपर्छ ।

अर्का थरी विश्लेषकहरु यसलाई सकारात्मक प्रतिरोधका रुपमा लिन्छन् । राज्यले यसको सही व्यवस्थापन गर्न नसक्दा नागरिकले लोकतन्त्रमा खबरदारी गर्न पाउने अधिकार हुन्छ । डा. सिके राउतहरूले पनि यसलाई सहजताका रूपमा लिन्छन् । धोती कुनै न कुनै रुपमा सबैले लाउँछन् त्यसैले यो सबैको साझा पहिचान र सम्पत्ति हो भने बुझाई छ । यसलाई राज्यले निरन्तर गरेको विभेद, उपेक्षा र उत्पीडनको प्रतीकका रूपमा लिन्छन् । राज्यले यसलाई व्यवस्थापन गर्ने र सम्मान गर्ने दायित्वको रूपमा लिन्छन् ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

युवा नेता नवीन यादवद्वारा दीपावली तथा छठ पर्वको शुभकामना: चाडपर्व शान्तिपूर्वक मनाउन आग्रह

युवा नेता नवीन यादवद्वारा दीपावली तथा छठ पर्वको शुभकामना: चाडपर्व शान्तिपूर्वक मनाउन आग्रह

प्रधानमन्त्री ओलीद्वारा स्वदेश-विदेशमा रहनुभएका नेपालीलाई लक्ष्मीपूजाको शुभकामना

प्रधानमन्त्री ओलीद्वारा स्वदेश-विदेशमा रहनुभएका नेपालीलाई लक्ष्मीपूजाको शुभकामना

सुनको मूल्य वृद्धिसँगै गहनाप्रतिको आकर्षण घट्यो, नक्कली गहनाको माग बढ्यो

सुनको मूल्य वृद्धिसँगै गहनाप्रतिको आकर्षण घट्यो, नक्कली गहनाको माग बढ्यो

मनु भाकरको ठूलो खुलासा: आगामी नोभेम्बरबाट प्रशिक्षणमा फर्किने

मनु भाकरको ठूलो खुलासा: आगामी नोभेम्बरबाट प्रशिक्षणमा फर्किने

वडा अध्यक्ष संजय यादवद्वारा दशैंको शुभकामना व्यक्त

वडा अध्यक्ष संजय यादवद्वारा दशैंको शुभकामना व्यक्त

पूर्वराजा ज्ञानेन्द्रले निर्मल निवासमा सर्वसाधारणलाई विजयादशमीको टीका लगाइदिदै, आज अपराह्न ४ बजेपछि शुभेच्छुकहरूसँग भेट

पूर्वराजा ज्ञानेन्द्रले निर्मल निवासमा सर्वसाधारणलाई विजयादशमीको टीका लगाइदिदै, आज अपराह्न ४ बजेपछि शुभेच्छुकहरूसँग भेट

ADVERTISEMENT

ट्रेन्डीङ्ग

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

सिरहा–२ मा कांग्रेसको माहोल रामचन्द्र यादवको अभियान सशक्त

सिरहा–२ मा कांग्रेसको माहोल रामचन्द्र यादवको अभियान सशक्त

सिरहा–२ मा कांग्रेसको लहर : रामचन्द्र यादवको अभियान सशक्त

सिरहा–२ मा कांग्रेसको लहर : रामचन्द्र यादवको अभियान सशक्त

रुख छापमा मतदान गर्न चौधरीको आग्रह, काङ्ग्रेसलाई सहयोग गर्न आह्वान

रुख छापमा मतदान गर्न चौधरीको आग्रह, काङ्ग्रेसलाई सहयोग गर्न आह्वान

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.