Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

विभिन्न सरोकारवालाहरु द्वारा विवाहको उमेर २० वर्ष नै राख्न अपिल


विभिन्न सरोकारवालाहरु द्वारा विवाहको उमेर २० वर्ष नै राख्न अपिल

संजू कुमारी दास, सिरहा।नेपाल सरकारले २०७४ मा विवाहको उमेर २० वर्ष पुरा गरेको हुनु पर्ने व्यवस्था गर्यो । अहिले प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिले गठन गरेको उप समितिले २०८१ माघ २ गते विवाहको उमेर २० वर्ष बाट १८ वर्षमा झार्न भनी सुझव दीएको कुरा अगाडी बढाउनु र त्यस माथी छलफल भई राखेकोले विभिन्न सरोकारवाला हरुको चासोको विषय र यस विषयमा सोच्न बाध्य बनाएको छ ।
मुक्ति नेपाल गोलबजारले महिला र किशोरी स शक्तिकरणको क्षेत्रमा काम गर्दै आएको र यसले किशोरी, महिलाहरु पनि लाभान्वित हुदै शिक्षा, स्वास्थ्य, लगायत शारिरीक, मानसिक, सामाजिक र आर्थिक रुपमा सबल हुदै आएको छ । बाल विवाहको जोखिममा रहेको धेरै किशोरीहरु अहिले शिक्षामा अगाडी बढ्दै लक्ष्य निर्धारण गर्ने भएका छन् । यदी यसलाई १८ वर्षमा झार्ने हो भने खास गरी किशोरीहरुको जीवन संकटमा हाल्नु हो । किनकी पुरुषको विवाह अली उमेर पुगाएरै गर्ने चलन यस समाजमा विद्यमान रहेको छ त्यसैले यसको असर महिलामा बढी पर्न जान्छ ।
पुर्व सांसद धानो महरा भन्नु हुन्छ, यो कतै पनि राम्रो कुरा होइन यो केटा केटीको जीवन संग खेलवार हो । २० वर्ष सम्म उनीहरुमा भविक्ष्यका लागि सोच्न सक्ने क्षमताको विकाश भई सकेकोलेअपठेरो हुदैन । तर १८ वर्षमा बिहे गर्दा परिपक्वताको हिसाबले पुर्णरुपमा विकशित भई सकेको अवस्था हुदैन । त्यसैले बिहेको उमेर २० वर्ष नै राख्नु पर्छ । १८ मा न झार्न अपिल गर्दछौं ।
गोलबजार नगरपालिका ११ मा रहेको बलकावा मा.वि.का शिक्षक विलेक्षन महरा भन्नु हुन्छ बल्ल बल्ल त बाल विवाह कम हुन थालेको थियो, कानुन बने पनि कार्यन्वयनमा थिएन, अब बाल विवाहले पार्ने असर बारे आम व्यक्तिले अनुभुति गर्नै लागेको थियो भने फेरी यसलाई १८ वर्षमा झार्नु राम्रो हुदैन यस माथी फेरी बिचार गर्नु अनवश्यक छ । विवाहको उमेर घटाएर बाल बालिका माथी ठुलै आघात पुग्छ । त्यसैले विवाहको उमेर घटाउनु हुदैन ।
त्यस्तै गोलबजार ९ डण्डा का श्री जनता मा.वि. का प्र. अ. सुरेन्द्र सिंह भन्नु हुन्छ बिहेको उमेर घटाउनु भन्दा बढाउनु राम्रो हो । अहिलेको अवस्थामा भागि बिवाह भएर बाल विवाह हुदै आएको छ । तर त्यस दृष्टिकोणले हेरेर विवाहको उमेर घटाउदा आफ्नो लक्ष्य राखेर भविष्यका केही सपना बोकेर अगाडी बढ्ने बालिकाहरु मारमा पर्छन । आमा बाबा भन्दा छिमेकी को टाउको दुखाईले पनि बाल विवाहले प्रसय पाई रहेको देखिन्छन् त्यसैले विवाहको उमेर घटाउनु भन्दा भएकै कानुन कार्यन्वयन गर्न के गर्नु पर्छ त्यता तीर ध्यान दीनु आवश्यक छ । विवाह को उमेर कतै पनि घटाउनु नहुने कुरामा के आधार बबनाई घटाउन खोजेका छनु सरकारले ? घमेर घटायो भने शारीरीक विकाश राम्रो संग नभएको र सानै उमेरमा बच्चा पाउने भएकोले बाल मृत्यु दर र आमा मृत्यु दर ह्वातै बढेर जान्छ ।त्यसैले उमेर घटाउनु जायज होयन, यसले बाल अधिकारको पनि हनन् हुन्छ ।
त्यस्तै बालक्लबका सबै किशोर किशोरीले हाम्रो जिवन संग खेलवार गर्न पाउदैन, बिहेको उमेर घटाउनु हुदैन । १८ वर्षमा हामी शारीरीक, मानसिक, आर्थिक र सामाजिक सबै तबरले कमजोर हुन्छौं । परीपक्व भएका हुदैनौ, हामीमा निर्णय लिने क्षमता पनि हुदैन, हाम्रो शिक्षा पनि पुरा भएको हुदैन । त्यसैले विवाह को उमेर घटाउनु हुदैन भनी सरकार संग अपिल गर्दछौं । यसका साथै आफुले बोकेको लक्ष्य चित्र मार्फत दर्शाउदै, हाम्रो लक्ष्यको बाधक विवाह को उमेर हद २० वर्षबाट न घटाउन अनुरोध गरेका छन् ।
गोलबजार ९ डण्डा का वडा अध्यक्ष भन्नु हुन्छ विवाहको उमेर केटा मान्छेका लागि १८ वर्ष ठीक छैन । उनीहरुको शारीरिक विकाश पुर्ण रुपमा भएको हुदैन । केटी मान्छेका लागि टीकै होला जस्तो लाग्छ किन भने उनीहरुको शारिरीक विकाश केटा भन्दा छीटो हुन्छ । तर केटी मान्छेको शारिरीक विकाश पनि १८ वर्षमा पुर्ण भएको हुदैन, पुर्ण विकाश का लागि २० वर्षनै लाग्छ ! बुझे पछि उनले पनि बिहेको उमेर घटाउनु हुदैन भन्ने नै अपिल गर्नु भयो ।
सायद यस विषयमा वहाँ जस्तै राम्रो संग न सोची यस्ता प्रस्ताव हरु अगाडी बढाएको हो की ?
त्यस्तै गोलबजार ९ डण्डा का पुर्व वडा सदस्य जयनाथ महतो भन्नु हुन्छ हाम्रो हिसाबले २० वर्षनै ठीक थियो किनकी तेती बेला सम्म केटा केटीको शारीरीक विकाश पुर्ण रुपमा भई सकेकोले रोग हरु बढी लाग्दैन र स्वस्थ्य भई जिवन बिताउन सक्छ । यसलाई घटायो भने अपठेरो हुन सक्छ ।
यसरी हेर्नेहो भने विवाहको उमेर २० वर्ष राख्ने कुरामा धेरै जना जोर दीई रहेको र १८ वर्षमा झार्नु हुदैन भनी आह्‌वान गरेको देखिन्छन् ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

लहानको हिमालय विद्या निकेतनमा संस्कृतिको रंग–परिकारको स्वाद, विद्यार्थीको उत्साहले भरियो महोत्सव

लहानको हिमालय विद्या निकेतनमा संस्कृतिको रंग–परिकारको स्वाद, विद्यार्थीको उत्साहले भरियो महोत्सव

छठ पर्वको अवसरमा नरहा गाउँपालिकामा जेनजी समूहद्वारा सरसफाइ र वृक्षारोपण अभियान

छठ पर्वको अवसरमा नरहा गाउँपालिकामा जेनजी समूहद्वारा सरसफाइ र वृक्षारोपण अभियान

कुशवाहा समाजको १०औं अधिवेशन तोके कै तिमिमा गराउने अध्यक्ष धनपति महतो

कुशवाहा समाजको १०औं अधिवेशन तोके कै तिमिमा गराउने अध्यक्ष धनपति महतो

ADVERTISEMENT

ट्रेन्डीङ्ग

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला

ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.