Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

बढेको बढेकै छ!

बढेको बढेकै छ!
डिजेल, पेट्रोल, मट्टीतेलको

कत्ति दाम बढेछ
अनि पो सडकमा गाडीहरूको
अति जाम बढेछ
ग्यासको मूल्य बढ्या बढ्यै
तिर्नै गाह्रो भएछ
अनि पो रेस्टुराँ होटलमा भिड बडेर
छिर्नै गाह्रो भएछ!

भन्सार र सीमानाकामा
चेकजाँच धन्न बढेछ
अनि पो हिरोइन र सुनको लौरो
प्लेनमा टन्न चढेछ
कामै बेगर ६०१ सांसद
पाल्नै पर्ने भएछ
अनि पो राजस्व र कर बढाइ
जनता ढाल्नै पर्ने भएछ।

चोरी, हत्या, आतंक र
युवा बेरोजगारी ह्वात्तै बढेछ
अनि पो खाडी र युरोपबाट
रेमिट्यान्स स्वात्तै बढेछ
चेलीबेटी र बालबालिका किनबेचले
निर्यात बढ्ने भएछ
अनि पो मानव तस्करीको मुद्दाहरू
फाइलमा मात्र चढ्ने भएछ

ADVERTISEMENT
ADVERTISEMENT

मल नपाएर वर्षातमा
तालु बढ्ने भो किसानको
किताब नभएर परीक्षामा
आलु बढ्ने भो विद्यार्थीको
औषधि पाइँदैन फार्मेसीमा
मृत्युदर बढ्ने भो नेपालीको
ऋण आउँदैन धरौटीमा
प्रेसर बढ्ने भो व्यापारीको
तलब बडाउँदैछ सरकारले
भुँडी बढ्ने भो जागिरेको
भोकमरी बढ्दैछ दिनदिनै
हड्डी बढ्ने भो बेरोजगारेको

ADVERTISEMENT

महङ्गी आकाशिएर हजुर
बादल छुन लाग्या छ
जनताको शीर निहुँरिएर हजुर
पाताल छुन लाग्या छ!
भ्रष्टाचार र घुसखोरीले चैँ
देशै खान लाग्या छ
सरकार, कानुन, प्रसासन खै
के हेरेर बस्या छ!

सक्दैनन् बोल्न सोझा जनता
मुखैभरि घाउ छ
नेता भनाउँदोको झन्
जनता छल्ने दाउ छ
दलालहरूको पाउ मोल्दै सब
माथि चढ्या चढ्यै छन्
त्यसैले त हरेक चिजको
भाउ बढ्या बढ्यै छन्।

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

जनकपुर बोल्ट्स र जनमतको धोती संघर्ष राजेश विद्रोही

जनकपुर बोल्ट्स र जनमतको धोती संघर्ष राजेश विद्रोही

युवा नेता नवीन यादवद्वारा दीपावली तथा छठ पर्वको शुभकामना: चाडपर्व शान्तिपूर्वक मनाउन आग्रह

युवा नेता नवीन यादवद्वारा दीपावली तथा छठ पर्वको शुभकामना: चाडपर्व शान्तिपूर्वक मनाउन आग्रह

प्रधानमन्त्री ओलीद्वारा स्वदेश-विदेशमा रहनुभएका नेपालीलाई लक्ष्मीपूजाको शुभकामना

प्रधानमन्त्री ओलीद्वारा स्वदेश-विदेशमा रहनुभएका नेपालीलाई लक्ष्मीपूजाको शुभकामना

सुनको मूल्य वृद्धिसँगै गहनाप्रतिको आकर्षण घट्यो, नक्कली गहनाको माग बढ्यो

सुनको मूल्य वृद्धिसँगै गहनाप्रतिको आकर्षण घट्यो, नक्कली गहनाको माग बढ्यो

मनु भाकरको ठूलो खुलासा: आगामी नोभेम्बरबाट प्रशिक्षणमा फर्किने

मनु भाकरको ठूलो खुलासा: आगामी नोभेम्बरबाट प्रशिक्षणमा फर्किने

वडा अध्यक्ष संजय यादवद्वारा दशैंको शुभकामना व्यक्त

वडा अध्यक्ष संजय यादवद्वारा दशैंको शुभकामना व्यक्त

ADVERTISEMENT

ट्रेन्डीङ्ग

बालेन्द्र शाह नेतृत्वको ‘गभर्मेन्ट कुरियर’, सिरहामा पासपोर्ट–नागरिकता–लाइसेन्स अब ३ दिनमै घरमै निःशुल्क

बालेन्द्र शाह नेतृत्वको ‘गभर्मेन्ट कुरियर’, सिरहामा पासपोर्ट–नागरिकता–लाइसेन्स अब ३ दिनमै घरमै निःशुल्क

अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक

अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक

१० लाख बढी नगदसहित भारतीय नागरिक लहानबाट पक्राउ

नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख इञ्जिनियर महेन्द्रकुमार दास रु १,४०,००० घुससहित पक्राउ

सुदूरपश्चिममा ३ लाखभन्दा बढी पाठ्यपुस्तक बिक्री

सुदूरपश्चिममा ३ लाखभन्दा बढी पाठ्यपुस्तक बिक्री

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

सरकारी कार्यालय समय फेरियो: अब बिहान ९ बजेदेखि साँझ ५, हप्तामा दुई दिन बिदा

सरकारी कार्यालय समय फेरियो: अब बिहान ९ बजेदेखि साँझ ५, हप्तामा दुई दिन बिदा

एसईईमा कडाइ: सिरहाका ९ केन्द्रबाट १९४ मोबाइल र २ स्मार्ट वाच बरामद, ६ जना निष्कासित

एसईईमा कडाइ: सिरहाका ९ केन्द्रबाट १९४ मोबाइल र २ स्मार्ट वाच बरामद, ६ जना निष्कासित

धनगढीमाईमा ट्राफिक एक्सन: लापरवाह चालकलाई रोक्दै सचेतना अभियान सुरु

धनगढीमाईमा ट्राफिक एक्सन: लापरवाह चालकलाई रोक्दै सचेतना अभियान सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.