परासी। पश्चिम नवलपरासीको बर्दघाटमा रहेको द कन्टेन्ट नेपालले थारु गीत सनन् सनन्, नैनासे नैनाको अपार सफलतापछि “चलते चलते” को भिडियो बजारमा ल्याएको छ । भिडियो पृथक रहेको छ।
बहु चर्चित नेपाली कलाकार देश बिदेशमा आफ्नो कलाको प्रस्तुति देखाएर धेरै दर्शकहरुको मन जित्न सफल रहेका निक्स शर्माले पहिलो पटक थारु भिडियो “चलते चलते” मा आफ्नो कला प्रस्तुत गरिएको छ । त्यसैगरी मण्डला थिएटर काठमाडौबाट कला शिक्षा पढेर राम्रो अभिनयकर्मी चर्चित कलाकार अनिल कुर्मीको पनि भिडियोमा अभिनय रहेको छ । वहाँले धेरै धेरै भिडियोमा अभिनय गरिसकेका छन ।
फिमेल कलाकारमा चन्द्रकला कटुवालको बेजोड प्रस्तुति देख्न सकिन्छ । नेपाली, भोजपुरी, थारु र हिन्दी भाषाको सर्ट फिल्म/म्युजिक भिडियोमा अभिनय गरेका रामजी प्रजापतिलाई पनि भिडियोमा देख्न सकिन्छ । भिडियो सन्देश मुलक रहेको छ । समाजमा घटिरहेको विभिन्न घटनाहरुलाई समेटेर भिडियो तयार पारिएको छ ।
यस भिडियोमा लभ (प्यार) मा परेर धेरै जना कुलतमा फस्ने घर परिवारलाई धम्काउने त कतिले ज्यान गुमाउनेसमेत पाइएको छ । यस्ता ब्यक्ति, युवायुवतीलाई यदि यस्तो समस्या पर्यो भने कसरी जीवन यापन गर्ने भनेर भिडियोको माध्यमबाट सन्देश दिएको छ ।
यो म्युजिक भिडियाेमा – निर्देशक/छायांकन : भुपेन चौधरी, सह- : निर्देशक : अभिषेक सेन, क्यामेरा सहयोगी : अशोक के परियार, मेकप/कस्टुम: उषा चौधरी र प्रोडक्सन म्यानेजरको काम आशिष गुरुङले गरेका छन ।
भिडियो हेर्न लिङ्क खोल्नु होला ।















