Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

फिफाले लगायो भारतमाथि प्रतिबन्ध

फिफाले लगायो भारतमाथि प्रतिबन्ध

काठमाडौं,। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भारतमाथि प्रतिबन्ध लगाएको छ । अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) मा बाहिरी शक्ति हावी भएको भन्दै फिफाले अनिश्चितकालीन प्रतिबन्ध लगाएको हो ।

प्रशासनिक समस्या समाधान गर्नका लागि भएको सहमतिको ‘रोडम्याप’बाट अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) विचलित भएपछि फिफाले मंगलबार प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

ADVERTISEMENT

‘रोडम्याप अनुसार एआईएफएफले फिफा, एएफसी र भारतीय फुटबल समुदायसँग छलफल गरी बनाएको नयाँ विधानलाई अनुमोदन गर्न अगस्ट २०२२ को पहिलो साता विशेष साधारणसभा बोलाउने भन्ने थियो,’ फिफा र एएफसीले यसअघि नै पठाएको पत्रमा भनिएको थियो, ‘दुर्भाग्यवश्, सर्वोच्च अदालतको सुनुवाइले माथि उल्लिखित रोडम्यापमा विचलन हुने कुरा हामीलाई सूचित गरिएको छ । यदि, यो साँचो हो भने यसले अकाट्य रूपमा आपसी समझदारीलाई खतरामा पार्छ ।’

ADVERTISEMENT
ADVERTISEMENT

भारतको सर्वोच्च अदालतले गएको मेमा भारतीय फुटबल संघ (एआईएफएफ) लाई विघटन गरेर तीन सदस्यीय तदर्थ समिति बनाई खेलको व्यवस्थापन, विधान संशोधन र १८ महिनादेखि हुन नसकेको निर्वाचन गराउने जिम्मेवारी दिएको थियो । तर फिफाले भने पटक–पटक यस्तो नगर्न चेतावनी दिँदै आएको थियो ।

यस्तै एआईएफएफका अध्यक्ष पटेलले नयाँ निर्वाचन गराउँदै डिसेम्बर २०२० मै बिदा लिनुपर्ने थियो। भारतमा कुनै पनि खेलकुद संघमा तीन कार्यकालभन्दा बढी अध्यक्ष हुन पाइँदैन । यसकारण १२ वर्ष एआईएफएफको अध्यक्ष बनिसकेका पटेलले नयाँ निर्वाचन गराउनुपर्ने थियो । तर उनले अदालतमा मुद्दा विचाराधीन रहेको कारण बनाउँदै निर्वाचन गराउन आनाकानी गरिरहेका थिए ।

त्यसपछि एसियन फुटबल महासंघका महासचिव विन्डसर जोनको नेतृत्वमा फिफा तथा एएफसीका प्रतिनिधिले भारत भ्रमण गरी सरोकारवालासँग भेटवार्ता गरेका थिए । फुटबलका सबै सरोकारवालासँग छलफलपछि फिफाले जुलाईको अन्त्यसम्म विधान संशोधन गरी आउँदो सेप्टेम्बर १५ सम्म निर्वाचन गराउन भनेको थियो ।

तर, गएको बुधबार भारतीय अदालतले तुरुन्तै निर्वाचन गराउन आदेश दिएपछि विवाद थप चर्किएको हो । फुटबलको निकायलाई स्वतन्त्र चुनाव गराउन वातावरण नदिएपछि फिफाले प्रतिबन्ध लगाएको हो । फिफाको यस निर्णयसँगै भारतले अब अन्तर्राष्ट्रिय रुपमा क्लब तथा राष्ट्रिय टोलीको प्रतियोगिता खेल्ने छैन । भारतका क्लबले पनि एएफसीको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने छैनन् ।

भारतले अक्टोबरमा आयोजना गर्ने तयारी गरेको यू-१७ महिला विश्वकप पनि अब अन्यत्र सर्ने भएको छ । फिफाका अनुसार अब एआईएफएफमा आफ्नै कमिटीले कार्यसम्पादन सुरू गरेपछि मात्र प्रतिबन्ध फुकुवा हुनेछ । एजेन्सी

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

अनेरास्ववियुद्वारा परीक्षा उत्तरपुस्तिका परीक्षणमा सुधारको माग

कक्षा १२ मौका परीक्षा आजदेखि सुरु

सप्तरीको राजगढमा प्रहरी र स्थानीयबीच झडप, एकजनाको मृत्यु

सप्तरीको राजगढमा प्रहरी र स्थानीयबीच झडप, एकजनाको मृत्यु

कक्षा १२ को परीक्षाफल सार्वजनिक, ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण

कक्षा १२ को परीक्षाफल सार्वजनिक, ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण

लहानको प्रादेशिक अस्पतालमा दुई महिनादेखि रेबिज खोप उपलब्ध छैन, विरामीहरू निजी क्लिनिक धाउन बाध्य

लहानको प्रादेशिक अस्पतालमा दुई महिनादेखि रेबिज खोप उपलब्ध छैन, विरामीहरू निजी क्लिनिक धाउन बाध्य

१० लाख बढी नगदसहित भारतीय नागरिक लहानबाट पक्राउ

१० लाख बढी नगदसहित भारतीय नागरिक लहानबाट पक्राउ

पाकिस्तानमा आक्रमण: २४ घन्टामा २० जनाको मृत्यु

सप्तरीमा सम्पर्कविहीन रहेका शिक्षक मृत फेला

ADVERTISEMENT

ट्रेन्डीङ्ग

बालेन्द्र शाह नेतृत्वको ‘गभर्मेन्ट कुरियर’, सिरहामा पासपोर्ट–नागरिकता–लाइसेन्स अब ३ दिनमै घरमै निःशुल्क

बालेन्द्र शाह नेतृत्वको ‘गभर्मेन्ट कुरियर’, सिरहामा पासपोर्ट–नागरिकता–लाइसेन्स अब ३ दिनमै घरमै निःशुल्क

अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक

अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक

१० लाख बढी नगदसहित भारतीय नागरिक लहानबाट पक्राउ

नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख इञ्जिनियर महेन्द्रकुमार दास रु १,४०,००० घुससहित पक्राउ

सुदूरपश्चिममा ३ लाखभन्दा बढी पाठ्यपुस्तक बिक्री

सुदूरपश्चिममा ३ लाखभन्दा बढी पाठ्यपुस्तक बिक्री

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

सरकारी कार्यालय समय फेरियो: अब बिहान ९ बजेदेखि साँझ ५, हप्तामा दुई दिन बिदा

सरकारी कार्यालय समय फेरियो: अब बिहान ९ बजेदेखि साँझ ५, हप्तामा दुई दिन बिदा

एसईईमा कडाइ: सिरहाका ९ केन्द्रबाट १९४ मोबाइल र २ स्मार्ट वाच बरामद, ६ जना निष्कासित

एसईईमा कडाइ: सिरहाका ९ केन्द्रबाट १९४ मोबाइल र २ स्मार्ट वाच बरामद, ६ जना निष्कासित

धनगढीमाईमा ट्राफिक एक्सन: लापरवाह चालकलाई रोक्दै सचेतना अभियान सुरु

धनगढीमाईमा ट्राफिक एक्सन: लापरवाह चालकलाई रोक्दै सचेतना अभियान सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.