अभिजित दास
महोत्तरी । अगामी प्रदेश सभा निर्वाचनको लागि महोत्तरी क्षेत्र नम्बर- २ को (क) बाट निष्ठवान, सिद्धान्तनिष्ठ युवा प्रखर ब्यक्ति ज्ञियानेन्द्र मिश्रले स्वतन्त्र उम्मेदवार दिने घोषणा गरेको छ ।
महोत्तरी होहार पट्टि नगरपालिका -६ स्थायी घर भएका ४५ बर्षिय युवा मिश्र बिद्यालय तहको पढाईकालदेखि राजनीतिमा लागेका थिए । वहाँ कांग्रेसका भातृसंघठन नेबि संघ जिल्ला सदस्यसमेत हुन ।
अगामी प्रदेश सभाको निर्वाचनमा कनिष्ठ ब्यक्तिलाई टिकट दिएको र कांग्रेसमा दशकौदेखि संघर्ष गर्दै राजनीतिमा राम्रो छवि बनाएका ब्यक्तिलाई पार्टीले टिकट नदिएको आरोप लगाउदै, स्वतन्त्र उम्मेदवार दिएको बताए ।















