Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

किशोरीहरूका लागि यौन तथा प्रजनन स्वास्थ्य अधिकारबारे तीनदिने तालिम

किशोरीहरूका लागि यौन तथा प्रजनन स्वास्थ्य अधिकारबारे तीनदिने तालिम

संजू कुमारी दास सिरहा – किशोरीहरूको आत्मविश्वास र स्वास्थ्य सचेतनालाई बढावा दिनका लागि गोलबजार नगरपालिकाको १३औं वडाका ३० जना किशोरीहरूको सहभागितामा मुक्ति नेपाल गोलबजार द्वारा यौन तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी तीनदिने तालिम सम्पन्न भएको छ।
तालिममा किशोरीहरूले आफ्नो शरीर, प्रजनन अंगहरू, यौन तथा प्रजनन स्वास्थ्यका विषयमा विस्तृत जानकारी लिए। साथै, लैङ्गिकता, लैङ्गिक हिंसा, सामाजिक हानिकारक परम्परागत अभ्यास, महिना बारी स्वच्छता, गर्भपतन र कानुनी अधिकारहरू जस्ता महत्वपूर्ण विषयमा छलफल गरियो।
कार्यक्रममा सहभागी किशोरीहरूले आफ्ना अनुभवहरू बाँडे। गोलबजार ९ डण्डाकी सपना पासमान भन्छिन्, “महिनावारीका बेला प्रयोग भएका प्याड जलाउनु पर्छ भन्ने तालिममा सिकियो, तर हाम्रो गाउँमा यसो गर्दा बाँझोपन हुन्छ भन्ने विश्वास छ।” उनले आफ्नै आमाले समेत यस्तो धारणा राख्ने बताइन्, जसले गर्दा सही जानकारी भए पनि सामाजिक दबाबले परिवर्तन गर्न नसकिएको प्रस्ट हुन्छ।
तालिममा मनोपरामर्शकर्ताहरूले किशोरीहरूको मानसिक स्वास्थ्यका चुनौतीबारे पनि चर्चा गरे। मुक्ति नेपालकी मनोविमर्शकर्ता कामना साह ले समाजमा मानसिक स्वास्थ्य समस्यालाई अन्धविश्वाससँग जोडेर हेर्ने प्रवृत्तिले किशोरीहरूमा थप समस्या निम्त्याउने बताइन्। मनोपरामर्शकर्ता शशी यादवले गोपनीयताको डरले धेरै किशोरीहरू आफ्नो समस्या कसैलाई भन्न नसक्ने अवस्थामा रहेको बताउँदै, परामर्श सेवाको महत्व औंल्याइन्।
तालिमको समापन सत्रमा प्रमुख अतिथि गोलबजार नगरपालिकाकी उपप्रमुख मानती साह ले किशोरीहरूको यौन तथा प्रजनन स्वास्थ्यबारे सचेतना अभावकै कारण बालविवाह र भागी विवाह जस्ता समस्याहरू व्याप्त रहेको बताउँदै, नगरपालिकाले किशोरीहरूलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाइन्।
तालिमकी प्रशिक्षक तेजकुमारी श्रेष्ठका अनुसार विद्यालयको पाठ्यक्रममा यौन तथा प्रजनन स्वास्थ्यका विषयहरू समावेश गरिए पनि घर र विद्यालयमा खुला छलफल नहुँदा किशोरीहरू सही जानकारीबाट वञ्चित भइरहेका छन्। उनले अध्ययनअनुसार नेपालमा मात्रै ३-४% महिला पूर्ण रूपमा स्वस्थ छन् भन्ने तथ्याङ्क प्रस्तुत गर्दै, अभिभावकहरूलाई पनि यस्ता तालिम आवश्यक रहेको बताइन्
तालिममा सहभागी गोलबजार ४ चौहर्वाकी रुबी महतो भन्छिन्, “पहिलोपटक यस्तो तालिम लिइरहेकी छु, धेरै कुरा सिकें। तर, मनोसामाजिक समस्याहरूको उपचारका लागि सिरहामा पर्याप्त सुविधा छैन। हाम्रो पालिकामा पनि नियमित साइकेट्रिक सेवा आवश्यक छ। तालिमलाई थप प्रभावकारी बनाउन मुक्ति नेपालका कार्यक्रम संयोजक बिशेश्वर दास, कार्यक्रम अधिकृत संजु कुमारी दास, सामाजिक परिचालक अंजली मण्डल, सुरज साह लगायतको टोलीले खेल, अन्तरक्रिया, मनोरञ्जनात्मक गतिविधिहरू समावेश गरेका थिए।

ADVERTISEMENT

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

सामाजिक सञ्जाल विधेयक २०८१ राष्ट्रिय सभाबाट फिर्ता

सामाजिक सञ्जाल विधेयक २०८१ राष्ट्रिय सभाबाट फिर्ता

अनेरास्ववियुद्वारा परीक्षा उत्तरपुस्तिका परीक्षणमा सुधारको माग

कक्षा १२ मौका परीक्षा आजदेखि सुरु

सप्तरीको राजगढमा प्रहरी र स्थानीयबीच झडप, एकजनाको मृत्यु

सप्तरीको राजगढमा प्रहरी र स्थानीयबीच झडप, एकजनाको मृत्यु

ADVERTISEMENT

ट्रेन्डीङ्ग

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.