Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

सप्तरी सिँचाइमा २० करोड पठाउँदा विधि र प्रक्रिया नमिचिएको अर्थमन्त्रीको प्रस्टीकरण

सप्तरी सिँचाइमा २० करोड पठाउँदा विधि र प्रक्रिया नमिचिएको अर्थमन्त्रीको प्रस्टीकरण

जनकपुरधाम, २० असार ।मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले सप्तरीमा नदी नियन्त्रणका चारवटा र सिँचाइ संरचना निर्माणका छवटा योजना सम्पन्न गर्न जलस्रोत तथा सिँचाइ विकास डिभिजन सप्तरीलाई २० करोड रुपैयाँ पठाइँदा विधि र प्रक्रिया नमिचिएको बताएका छन् ।

मधेस प्रदेशसभाको सोमबार बसेको बैठकमा उनले जिल्लाका महुली, जिता र भलुवाही नदी नियन्त्रण, आकस्मिक आपत्कालीन तथा बाढीपहिरो पुनःस्थापना तथा विहुल, पाँची, खडक पाँची, हकरह, खाँडो सिँचाइ आयोजनाका क्रमागत योजना सम्पन्न गर्न सम्बद्ध कार्यालयको माग र भौतिक पूर्वाधार विकास मन्त्रालयका निर्णयका आधारमा अर्थले बजेट व्यवस्थापन गरिदिएको जानकारी दिए ।

ADVERTISEMENT
ADVERTISEMENT

मन्त्री साहले योजना तर्जुमा, कार्यान्वयन र बजेट व्यवस्थापनको आफ्नै विधि र प्रक्रिया भएको उल्लेख गर्दै अधुरा र अपुरा योजना कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयको गत जेठ १६ गतेको निर्णयका आधारमा अर्थ मन्त्रालयले बजेट व्यवस्थापन गरिदिएको प्रस्ट्याए ।

उनले भने, ‘सदनबाट पारित नीति तथा कार्यक्रम एवम् स्वीकृत कार्यक्रमिक बजेटलाई नै आधार मानेर ती योजनामा २० करोड रुपैयाँ पठाइएको हो । म नै अर्थमन्त्री भएका बेला यस्तो भएको होइन, अपुरा योजना सम्पन्न गर्न सधैँ अर्थ मन्त्रालयले बजेट व्यवस्थापन गरिदिने गर्छ ।’
उनले स्थानीय एक पत्रिकामा प्रकाशित समाचारमा उल्लेख भएअनुसार अर्थ मन्त्रालयले सोझै सिँचाइ कार्यालयलाई रकम दिएको कुरालाई अस्वीकार गर्दै अर्थ मन्त्रालयले सीधा कुनै मन्त्रालयलाई रकम नदिने गरेको र दिन समेत नहुने बताए । ‘अर्थले विधिअनुसार नै रकम दिएको हो । यसका सबै प्रमाण छन्,’ मन्त्री साहले भने ।

अर्थ मन्त्रालयको काम नै आवश्यकताअनुसार बजेट व्यवस्थापन गरिदिने भएको भन्दै अर्थमन्त्री साहले यसअनुरुप नै बजेट पठाइएको थपे । उनले अर्थ मन्त्रालयमा अझै रकमान्तरको काम भइरहेको जानकारी दिँदै सप्तरीमा पछिल्लोपटक पठाइएको रकम एक किसिमको रकमान्तर भएको बताए । नदीबाट सप्तरीका गाउँबस्ती नै डुबानमा पर्ने निश्चित भएपछि एउटा कार्यक्रमबाट नदी नियन्त्रण र सिँचाइ संरचना निर्माणका काममा रकम पठाइएको मन्त्री साहको भनाइ थियो ।

उनले योजनामा रकम अपुग भएपछि हरेक मन्त्रालयबाट सबै जिल्लाका लागि बजेट माग हुने र अर्थले बजेट व्यवस्थापन गरिदिने सामान्य प्रक्रिया रहेको जानकारी दिँदै कामको प्रगति, लागत इस्टिमेटलगायत अन्य दस्तावेजका अभावमा अन्य जिल्लामा नदी नियन्त्रणसम्बन्धी योजनाका लागि रकम थप गर्न कठिन भएको बताए । प्रक्रियागत त्रुटिका कारण अन्यत्र अपुग रकम पठाउन नसकिए पनि आइपरेका बेला ती योजनाका लागि अर्थले जुनसुकै बेला पनि बजेट व्यवस्थापन गरिदिने पनि उनले बताए ।

ADVERTISEMENT

मन्त्री साहले भद्र सहमति र कार्यविधिअनुसार नै प्रदेश सरकारले सशर्त, समपुरक र विशेष अनुदान पठाएको बताए ।

प्रदेशसभा सदस्य विशेश्वरप्रसाद यादव विक्कीले सप्तरी जिल्ला बाढीबाट अत्यधिक प्रभावित रहेको अवस्थामा भौतिक पूर्वाधार विकास मन्त्रालयका निर्णयका आधारमा अर्थ मन्त्रालयले नदी नियन्त्रणका अधुरा योजनामा रकम पठाएकोमा प्रदेश सरकारलाई धन्यवाद दिए ।

प्रदेशसभा सदस्य परमेश्वर साहलगायतले सप्तरीमा पछिललोटक पठाइएको २० करोड रुपैयाँका विषयमा प्रश्न उठाएका थिए ।

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

सामाजिक सञ्जाल विधेयक २०८१ राष्ट्रिय सभाबाट फिर्ता

सामाजिक सञ्जाल विधेयक २०८१ राष्ट्रिय सभाबाट फिर्ता

अनेरास्ववियुद्वारा परीक्षा उत्तरपुस्तिका परीक्षणमा सुधारको माग

कक्षा १२ मौका परीक्षा आजदेखि सुरु

सप्तरीको राजगढमा प्रहरी र स्थानीयबीच झडप, एकजनाको मृत्यु

सप्तरीको राजगढमा प्रहरी र स्थानीयबीच झडप, एकजनाको मृत्यु

ADVERTISEMENT

ट्रेन्डीङ्ग

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.