सिरहा , श्रावण २ महेश सिंह । सिरहाको लहान नगरपालिका वाडा नम्बर १९ नौडेगामा ३० घर धुरीलाई जसता वितरण गरिएका छन्।लहान नगरपालिकाले केहि महिना अगाडि देखि सुरु गरेको फुसको तथा परालको छानो उन्मुलन र जसता पता वितरण अभियान अन्तर्गत लहान १९ नौडेगामा ३० घर धुरीलाई वितरण गरिएका छन्।
लहान नगरपालिकाको मेयर महेश प्रसाद चौधरीले उक्त बस्तीमा वडा अध्यक्ष मो.कमरुदिन राईन,वडा सचिब कैलास महतो,नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष मनोज बनैता यादव लगायतका पत्रकारहरुको रोहबरमा अनुगमन गरि गरिब दलित असहाय ब्यक्तीहरुलाई राहत स्वरुप जसता पात वितरण गरिएका छन्।















