सिरहा ।सिरहाको लहान नगरपालिका ३ स्थित ३० बर्ष अगाडि देखि संचालनमा रहेको
सप्त ऋषि अस्पतालद्वारा बृहत रूपमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो।
बल्ड बैंकमा रगतको अभाव भएको भन्दै अस्पताल श्रोत र रेडक्रस कर्यालय लहानको समन्वयमा अस्पतालले रक्तदान कार्यक्रम आयोजना गरेको अस्पताल प्रबन्धक संजय कुमार महतोले बताए।
कार्यक्रममा विभिन्न ग्रुपका करिब ६० जना ब्यक्तीहरुले रक्तदान गरेका गौरीशंकर यादवले बताए। बिहान् १० बजे देखि सुरु भएको रक्तदान कार्यक्रम बेलुका ४ बजे सम्म संचालनमा रहेका थिए।गर्मी याम संगै अस्पतालहरुमा बिरामीहरु चाप निकै बडेका छन्।















