महेश सिंह सिरहा – सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शखाले समाजिक सेवाको उपलक्ष्यमा रक्तदान कार्यक्रम गरेका हुन्। शखा प्रबन्धक उपेन्द्र नारायण महतोको अध्यक्षतामा सुरु भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ सिरहा शखाको जिल्ला कार्यसमिति सदस्य महेश कुमार महतोको प्रमुख आतिथ्यता रहनु भएको थियो।
रक्तदान जीवन दान महादानको अभियानको नारा बोकदै सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कार्यक्रमको आयोजना गरेको थियो।नेपाल रेडक्रस सोसाइटी रक्त संचार सेवा केन्द्र लहानको समन्वयमा करिब २० जनाले रक्त दान गरेका रेडक्रसका कर्मचारी सुनिल कुमार यादवले बताए।
सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका लहान शखाका जुनियर सहायक हेम नारायण सिंह,रोशन कुमार महतो ,संजय कुमार यादव, कटारी शखाका इन्चार्ज मन माया बास्तोला,कन्चनपुर उप शखाका इन्चार्ज कमल किशोर साह लगायत करिब २० जना ब्यक्तीहरुले रक्त दान गरेका थिए।प्रबन्धक महतोले कार्यक्रममा रक्तदान गरेका ब्यक्तिहरुलाई प्रमाणपत्र र टीका लगायत संमान गरेका थिए ।















