Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

सिरहा मिर्चैयाको सागरमाथा बोर्डिङग स्कूलमा शिक्षिकाले किशोरीलाई स्प्रीट खुवाएपछि मृत्यू

सिरहा मिर्चैयाको सागरमाथा बोर्डिङग स्कूलमा शिक्षिकाले किशोरीलाई स्प्रीट खुवाएपछि मृत्यू

सिरहा । सिरहाको मिर्चैयास्थित रहेको सागरमाथा माध्यमिक विद्यालय (बोर्डिङग स्कूल) मा एक शिक्षिकाले किशोरीलाई स्प्रीट खुवाईदिएपछि मृत्यु भएको आरोप परिवारजनले लगाएको छ ।

शुक्रबार सो विद्यालयमा पढन गएकी सिरहा नगरपालिका वडा नम्बर ११ भलुवाही बस्ने धर्मेन्द्र कुमार महराकी १५ बर्षिय छोरी सिर्जना कुमारी महरालाई सोही विद्यालयकी शिक्षिकाले स्प्रीट खुवाईदिएपछि मृत्यू भएको हो ।

कक्षा ८ मा पढने सिर्जनालाई शुक्रबार बिहान पेट दुखेपछि उनले सोही विद्यालयमा पढाउने शिक्षिका अम्बिका लम्साललाई दुःखेसो पोखिन् । शिक्षिका लम्सालले उनलाई एक टयाबलेट (गोटी) औषधी दिँदै पानीको सट्टा स्प्रीट खुवाएको आरोप परिवारजनको छ ।

ADVERTISEMENT
ADVERTISEMENT

शिक्षिका लम्सालले पेट दुःखाई निको हुने औषधी भनेर एक टेबलेट दिएको र कोल्ड ड्रिन्क माउन्टेन डीउको बोतलमा राखिएको बोर्ड सफा गर्ने स्प्रीट नै खुवाईदिएको बताइएको छ । सो बोतलमा स्प्रीटको गन्ध लागेपछि लम्सालले सिर्जनालाई सो स्प्रीट खान भनेकी थिईन् । उनले बोतलमा पानी नै रहेको र केही गन्ध मात्रै आएको भन्दै स्प्रीट खुवाएकी थिईन् ।

दिएको टेबलेट र स्प्रीट खाएपछि उनको शरिरमा रिएक्सन सुरु भएको थियो । उनी हिडन समेत नसक्ने अवस्थामा भएपछि उनलाई घर पुरयाईएको थियो । अवस्था नाजुक हुन थालेपछि उनलाई कर्जन्हास्थित रहको फूलकुमारी मेमोरियल हस्पिटलमा भर्ना गरियो । त्यहाँ लैजाँदा उसको छातीको फोक्सो सेतो भईसकेको, आँखाको नानी स्थिर भईसकेको उपचारमा सँलग्न चिकित्सक डा. श्याम साहले बताए ।

उनले स्प्रीटकै रिएक्सन यस्तो हुन नसक्ने बताउँदै उनको शरिरमा विषजन्य पदार्थ गएको बताएपनि थप र यथार्थ जानकारी पोष्टमार्टमको रिपोर्टबाट मात्र थाहा हुने प्रतिक्रिया दिए ।

ADVERTISEMENT

शिक्षिका लम्सालले केको औषधी दिएको र किन यस्तो भएको बारे अझै खुलेको छैनन् । यता, परिवारजनले शिक्षिका लम्सालले नै स्प्रीट र गलत औषधी दिएर मारेको आरोप लगाएका छन् ।

अहिले अस्पतालमा प्ररहीको टोली समेत पुगेको छ भने मृतक किशोरीको शव पोष्टमार्टमको लागि सिरहा लैजाने तयारी भईरहेको बताईएको छ ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

अनेरास्ववियुद्वारा परीक्षा उत्तरपुस्तिका परीक्षणमा सुधारको माग

कक्षा १२ मौका परीक्षा आजदेखि सुरु

सप्तरीको राजगढमा प्रहरी र स्थानीयबीच झडप, एकजनाको मृत्यु

सप्तरीको राजगढमा प्रहरी र स्थानीयबीच झडप, एकजनाको मृत्यु

कक्षा १२ को परीक्षाफल सार्वजनिक, ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण

कक्षा १२ को परीक्षाफल सार्वजनिक, ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण

ADVERTISEMENT

ट्रेन्डीङ्ग

स्थानीय भाषामा सडक नाटक, किसानमा जैविक खेतीप्रति आकर्षण

स्थानीय भाषामा सडक नाटक, किसानमा जैविक खेतीप्रति आकर्षण

स्टिमेटविपरीत सडक निर्माण भएको आरोप, लहान–१ मा स्थानीयको विरोध

स्टिमेटविपरीत सडक निर्माण भएको आरोप, लहान–१ मा स्थानीयको विरोध

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.