Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

“५९ औं अन्तर्राष्ट्रिय जातिय विभेद र छुआछुत विरुद्धको दिवस” रैली र अन्तरक्रिया कार्यक्रम गरी मनाइयो

५९ औं अन्तर्राष्ट्रिय जातिय छुवाछुत विरुद्धमा रयाली

संजु कुमारी दास, लहान।नेपालको संविधानले सबै मानीस समान हुन् र कसैले कसैलाई छुआछुत वा जातिय आधारमा विभेद गर्नु हुदैन ,यस्ता विभेद गर्ने व्यक्ति का लागि सजाय र जरीवाना तोकीए पनि , समाजमा अहिले पनि जातिय विभेद हुदै आएकोले दलित समुदाय जस्तै मुसहर ,डोम ,चमार ,हलखोर , खत्बे , तत्मा , दुसाद , जसलाई सामाजिक संरचनाको पिंधमा राखि, अपमान जनक जिवन जिउन बाध्य बनाउदै आएको देखिन्छ । हाम्रो सामाजिक संरचना माथी बाट परिवर्तित भएको देखिए पनि भित्र त्यतीनै विभेद र असमानता रहेको पाइन्छ ।
गोलबजार नगरपालिका वडा नम्बर ५ असनपुर मगर टोल मा मुक्ति नेपाल द्वारा गठित दुर्गा महिला समुह र मुक्ति नेपालका टीम लगायत आज करीब ६० जनाको सहभागितामा ५९ औं अन्तराष्ट्रिय जातिय उत्पिरण दिवस २०८० को अवसरमा जातिय छुआछुत विरुद्ध , जातिय विभेद अन्त्य गरौं , सामाजिक सदभाव कायम गरौ र शान्ति निर्माणमा सहयोग गरौं भन्ने मूल नाराका साथ जनचेतना मुलक रैलि र अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
लिङ्ग , जात र धर्मको नाममा हुने भेद भव अन्त्य गरौं । जातिय छुआँछुत अन्त्य गरौं , आफै बाट सुरु गरौं । जस्ता नारा लगाउदै असनपुर देखि सुरु भइ हवेली टोल हुदै गोलबजार ४ को रामप्रताप रामप्रसाद तामाङ बहुमुखि कैम्पस ,साविक ५ नम्बरको वडा कार्यालय हुदै असनपुर मगरटोलको समुदायिक भवनमा पुगी अन्तरक्रिया कार्यक्रम गरी मनाईएको छ ।
रैली हुदै गर्दा एक जना गैर दलित महिलाले भन्दै गरेको भनाई “ आईसँ बभिनिया बैन जेतइ , कतबो चिचियेतइ त आईर तोर सकतै ? आइर तोइरक सबटा कीत्ता इहे सब जोतत्तै ” “ एके चासमे सबटा मिला देतै त होतई ? ” यस्ता भनाई सुन्दा अझै पनि हामी १८औं शताब्दीमै बाची रहेको महसुस हुन्छ , आयोजक संस्थाका कार्यक्रम सन्योजक धिरेन्द्र साहले भन्नु भयो ।
अन्तरक्रिया कार्यक्रममा सहभागि अनिता महरा भन्नु हुन्छ , हामीलाई कम ज्यालामा काम गराउने गरेको र आफ्नो आवश्यत्ता अनुसार छुत अछुत मानने र मनाउने गरेको बताउनु हुन्छ , उनको अनुसार चामलमा भएको भुस सफा नहुन्जेल त्यो चामल छोइदैन , तर जब हामी चामल केलाई दीन्छौं, खान लायक बनाई दीन्छौ तब तेही चामल पवित्र र हामी अपवित्र हुन पुग्छौ । यो एउटा उदाहरण मात्र हुन् यस्ता भोगाई उनीहरु संग कती छन् कती ,,, त्यस्तै विजय महरा भन्छन् हामीलाई भोज भतेरमा त दस पाईला परै राख्ने गर्छन , निम्तो दीए पनि सबैले खाए पछाडी खुवाउछन् त्यसमा पनि भोजमा पाकेको सबै परीकार दीइदैन ।
कार्यक्रममा आयोजक संस्थाका प्रतिनिधिहरु द्वारा उनीहरुले भोग्दै र गर्दै आएको क्रियाकलापमा केही सुधार ल्याउदै जाति जाति बीच बनेको खाडललाई पुर्न सक्ने बताउदै , प्रत्येक जातिले त्यो चाहे दलित होस् वा गैर दलित, अरु जातिलाई की त आफु भन्दा ठुलो की त आफु भन्दा सानो मान्दै आएको छ र एक अर्का संग छुत अछुतको व्यबहार गर्दै आएको छ । त्यसैले आफै बाट सुरु गर्नु पर्छ भन्ने बुझाई लाई साझा गर्दै , दलित भित्र पर्ने विभिन्न जात जाति लाई एक भई अगाडी बढ्नु पर्ने, र त्यसको सुरुआत सामुहीक शान्ति भोज गरी गर्ने निर्णय समपुर्ण सहभागीले गरेको छ । उक्त भोजमा दलित गैर दलित सबै जना एकै ठाउ, एउटै भाडो र सबैको समान सहभागितामा खीर पकाई खाने र छुआछुत विरुद्ध आ आफ्नो सफर अगाडी बढाउने छन् । यो भोज यही चैत्र १४ गते बुधवारका दीन गर्ने तय भएको छ ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

नेतृत्व, व्यक्तित्व र संगठन विकासमा केन्द्रित बहुच्याप्टर तालिम आयोजना

नेतृत्व, व्यक्तित्व र संगठन विकासमा केन्द्रित बहुच्याप्टर तालिम आयोजना

स्थानीय भाषामा सडक नाटक, किसानमा जैविक खेतीप्रति आकर्षण

स्थानीय भाषामा सडक नाटक, किसानमा जैविक खेतीप्रति आकर्षण

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

लहानको हिमालय विद्या निकेतनमा संस्कृतिको रंग–परिकारको स्वाद, विद्यार्थीको उत्साहले भरियो महोत्सव

लहानको हिमालय विद्या निकेतनमा संस्कृतिको रंग–परिकारको स्वाद, विद्यार्थीको उत्साहले भरियो महोत्सव

ADVERTISEMENT

ट्रेन्डीङ्ग

विद्यालय छोड्ने जोखिममा रहेका किशोरीलाई साथ, समुदायले पनि गर्‍यो प्रतिबद्धता

विद्यालय छोड्ने जोखिममा रहेका किशोरीलाई साथ, समुदायले पनि गर्‍यो प्रतिबद्धता

भाडाको जग्गामा पसिना बगाउने किसान निराश, कृषि अनुदानमा पहुँच नपुगेको गुनासो

भाडाको जग्गामा पसिना बगाउने किसान निराश, कृषि अनुदानमा पहुँच नपुगेको गुनासो

देवानगञ्ज घटनापछि सुनसरी तनावग्रस्त: कोशी कटानमा आगजनी, लुटपाट र तोडफोड, भोक्राहामा झडप, कर्फ्यु जारी

देवानगञ्ज घटनापछि सुनसरी तनावग्रस्त: कोशी कटानमा आगजनी, लुटपाट र तोडफोड, भोक्राहामा झडप, कर्फ्यु जारी

नेतृत्व, व्यक्तित्व र संगठन विकासमा केन्द्रित बहुच्याप्टर तालिम आयोजना

नेतृत्व, व्यक्तित्व र संगठन विकासमा केन्द्रित बहुच्याप्टर तालिम आयोजना

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.