Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

सडकले लियो थातथलो, जीवन बाँच्न माईती फर्किएकी कोशीलालाई आर्थिक सहयोग

सडकले लियो थातथलो, जीवन बाँच्न माईती फर्किएकी कोशीलालाई आर्थिक सहयोग

महेश सिंह सिरहा –गोलबजार–५ धर्मपुरमा मागी विवाह भएर पुगेकी कोशीला मुखिया अहिले माईतीघर सिरहाको धनगढीमाई नगरपालिका–३ कुरवामा जीवन धानिरहेकी छन्। करिब २० वर्षअघि ससुराली गएकी ३७ वर्षीया कोशीला सडक विस्तारसँगै उजाडिएको घर–जग्गा गुमाएपछि पाँच छोराछोरीसहित फेरि माईती फर्किन बाध्य भइन्।
श्रीमान् दिलीप मुखिया मानसिक रोगी छन्। घर चलाउने क्षमता गुमाएका श्रीमान्सँगै कोशीला वर्षौं विपन्नतामा गुज्रिइन्। सानो जग्गा पनि सडकले लिँदा उनी पूर्ण रूपमा सुकुम्बासी बनिन्। अब उनीसँग न आफ्नो घर छ, न जमिन। छोराछोरीको भविष्यको चिन्ताले उनी दिनरात पिरोलिन्छिन्।
चार वर्षदेखि कुरवामै जीवन धानिरहेकी उनी श्रम बेचेर बालबच्चा हुर्काइरहेकी छन्। ‘बिहे गर्दा लागेको थिएन कि फेरि माईतीमै आउनुपर्ला,’ कोशीलाले भनिन्, ‘तर, जीवन यस्तो मोडमा आइपुग्यो।’
उनको दुःख देखेर कतारस्थित डब्लुएफसी कम्पनीमा काम गरिरहेका पवन कुमार मुखिया भावुक बने। उनले विदेशबाट ३० हजार रुपैयाँ सहयोग पठाए। सहयोग रकम उनकी श्रीमती मञ्जु मुखियामार्फत कोशीलासम्म पुगेको हो।
शनिबार नगरप्रमुख शिवशंकर महतो, पूर्व वडाध्यक्ष देवन साहलगायतको उपस्थितिमा कोशीलालाई रकम हस्तान्तरण गरियो। सहयोग हस्तान्तरण गर्दै नगरप्रमुख महतोले उनलाई घर बनाइदिने र छोराछोरीको पढाइमा नगरपालिकाले साथ दिने आश्वासन दिए।
‘उहाँजस्तो विपन्न परिवारलाई सहयोग गर्नु हाम्रो दायित्व हो,’ महतोले भने, ‘नगरपालिकाबाट यथासम्भव सहयोग गरिनेछ।’
सामाजिक उत्तरदायित्व बोध गर्दै वैदेशिक रोजगारीबाटै सहयोग गर्ने युवाको यो कदमलाई स्थानीयले प्रशंसा गरेका छन्। ‘साह्रै सराहनीय काम हो,’ स्थानीय बासिन्दा शिवनारायण मुखियाले भने, ‘यस्ता सहयोगले समाजमा आशाको उज्यालो दिन्छ।’

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

भाडाको जग्गामा पसिना बगाउने किसान निराश, कृषि अनुदानमा पहुँच नपुगेको गुनासो

भाडाको जग्गामा पसिना बगाउने किसान निराश, कृषि अनुदानमा पहुँच नपुगेको गुनासो

नेतृत्व, व्यक्तित्व र संगठन विकासमा केन्द्रित बहुच्याप्टर तालिम आयोजना

नेतृत्व, व्यक्तित्व र संगठन विकासमा केन्द्रित बहुच्याप्टर तालिम आयोजना

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

ADVERTISEMENT

ट्रेन्डीङ्ग

समाजसेवी जयकृष्ण यादवद्वारा नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण

समाजसेवी जयकृष्ण यादवद्वारा नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण

गुणस्तरीय शिक्षामा प्यारागनले जित्दै हजारौं अभिभावक र विद्यार्थीको मन

गुणस्तरीय शिक्षामा प्यारागनले जित्दै हजारौं अभिभावक र विद्यार्थीको मन

युवालाई खेलकुदसँग जोड्दै जेसिजले गरायो मैत्रीपूर्ण फुटबल

युवालाई खेलकुदसँग जोड्दै जेसिजले गरायो मैत्रीपूर्ण फुटबल

सामाजिक उत्तरदायित्व निर्वाह गर्दै यादवद्वारा गरिब–दलित परिवारलाई झुल वितरण

सामाजिक उत्तरदायित्व निर्वाह गर्दै यादवद्वारा गरिब–दलित परिवारलाई झुल वितरण

आन्दोलनमा ज्यान गुमाएका गणेशको परिवार र घाइते सुभाषलाई विश्व हिन्दु परिषद्को आर्थिक सहारा

आन्दोलनमा ज्यान गुमाएका गणेशको परिवार र घाइते सुभाषलाई विश्व हिन्दु परिषद्को आर्थिक सहारा

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

नतिजा प्रकाशनसँगै विद्यार्थीको प्रतिभा प्रस्फुटन, गोल्डेन फ्युचरमा भव्य कार्यक्रम

नतिजा प्रकाशनसँगै विद्यार्थीको प्रतिभा प्रस्फुटन, गोल्डेन फ्युचरमा भव्य कार्यक्रम

धार्मिक आस्थामाथि आक्रमण भएको आरोप, विश्व हिन्दू परिषद्ले अघि सार्यो आठबुँदे माग

धार्मिक आस्थामाथि आक्रमण भएको आरोप, विश्व हिन्दू परिषद्ले अघि सार्यो आठबुँदे माग

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.