Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

नवराजपुरमा मैथिली भाषामा शिक्षा: स्थानीय पाठ्यपुस्तक ‘हमर नवराजपुर’ लागू

नवराजपुरमा मैथिली भाषामा शिक्षा: स्थानीय पाठ्यपुस्तक ‘हमर नवराजपुर’ लागू

लहान ८ जेठ । सिरहाको नवराजपुर गाउँपालिकाले स्थानीय भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरूका लागि मैथिली भाषामा तयार गरिएको पाठ्यपुस्तक ‘हमर नवराजपुर’ औपचारिक रूपमा लागू गरेको छ। यस निर्णयसँगै गाउँपालिकाका २० वटा सामुदायिक विद्यालयमा मातृभाषामा पठनपाठन सुरु भएको छ।

गाउँपालिका अध्यक्ष शिव उदगार यादवका अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मापदण्ड अनुसार स्थानीय तहले शत प्रतिशत अंकको पाठ्यपुस्तक स्थानीय भाषामा तयार गर्न सक्ने व्यवस्था अनुरूप यो पहल गरिएको हो। उनले भने, “हामीले संविधानले दिएको अधिकार अनुसार मौलिक भाषा, कला र संस्कृतिको संरक्षणलाई प्राथमिकता दिएका छौँ। यो केवल भाषा शिक्षाको कुरा होइन, यो हाम्रो पहिचानको संरक्षण हो।”

ADVERTISEMENT

‘हमर नवराजपुर’ नाम दिइएको पाठ्यपुस्तकमा नवराजपुर गाउँपालिकाको भूगोल, स्थानीय संस्कृति, परम्परा, जनजीवन, कृषि, पर्यटन, पशुपालन, घरेलु प्रविधि तथा प्रकृतिक सम्पदाजस्ता विषयहरू समेटिएका छन्।
अध्यक्ष यादवले जानकारी दिए अनुसार आगामी शैक्षिक सत्र २०८३ बाट कक्षा ६ सम्म मैथिली भाषामा पठनपाठन विस्तार गर्ने तयारी भइरहेको छ। त्यसका लागि पाठ्यक्रम विकास र छपाइ प्रक्रिया अगाडि बढाइएको छ।
शैक्षिक नवप्रवर्तन र स्थानीय भाषा शिक्षाको सशक्त उदाहरणको रूपमा नवराजपुरको यो कदम अन्य स्थानीय तहहरूका लागि पनि प्रेरणादायी बन्ने विश्वास गरिएको छ।

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

मधेसमै गुणस्तरीय उच्च शिक्षा सम्भव : विद्यार्थी पलायन रोक्न हिम्स कलेजको आह्वान, पहिलो ब्याचका १४ विद्यार्थीलाई बिदाइ र नयाँ विद्यार्थीलाई स्वागत

मधेसमै गुणस्तरीय उच्च शिक्षा सम्भव : विद्यार्थी पलायन रोक्न हिम्स कलेजको आह्वान, पहिलो ब्याचका १४ विद्यार्थीलाई बिदाइ र नयाँ विद्यार्थीलाई स्वागत

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक

अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक

सुदूरपश्चिममा ३ लाखभन्दा बढी पाठ्यपुस्तक बिक्री

सुदूरपश्चिममा ३ लाखभन्दा बढी पाठ्यपुस्तक बिक्री

एसईई पूरक परीक्षा नतिजा : ८३ हजार ५६४ उत्तीर्ण, ५९ हजार ६९३ अनुत्तीर्ण

एसईई पूरक परीक्षा नतिजा : ८३ हजार ५६४ उत्तीर्ण, ५९ हजार ६९३ अनुत्तीर्ण

अनेरास्ववियुद्वारा परीक्षा उत्तरपुस्तिका परीक्षणमा सुधारको माग

कक्षा १२ मौका परीक्षा आजदेखि सुरु

ADVERTISEMENT

ट्रेन्डीङ्ग

अवैध कारोबार रोक्न नवराजपुरमा महिनाको दुई पटक सीमा सहजीकरण कार्यक्रम

अवैध कारोबार रोक्न नवराजपुरमा महिनाको दुई पटक सीमा सहजीकरण कार्यक्रम

सप्तरीमा १० महिने बालिकामा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

सप्तरीमा १० महिने बालिकामा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

प्रहरी महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

प्रहरी महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

विपन्न समुदायको पोषण अवस्था पहिचान गर्दै कृषक समूह महासंघ

विपन्न समुदायको पोषण अवस्था पहिचान गर्दै कृषक समूह महासंघ

कांग्रेस नेता शत्रुधन प्रसाद शाह सखुवानन्दकारकट्टी गाउँपालिका अध्यक्षमा उम्मेदवार हुने

कांग्रेस नेता शत्रुधन प्रसाद शाह सखुवानन्दकारकट्टी गाउँपालिका अध्यक्षमा उम्मेदवार हुने

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १७ अर्ब नाघ्यो, निकासा भने एक अर्ब मात्र

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १७ अर्ब नाघ्यो, निकासा भने एक अर्ब मात्र

लक्ष्मीपुर गाउँपालिकामा रास्वपा पार्टीबाट अध्यक्ष पदका उमेदवार चन्द्र शेखर यादव हुने

लक्ष्मीपुर गाउँपालिकामा रास्वपा पार्टीबाट अध्यक्ष पदका उमेदवार चन्द्र शेखर यादव हुने

कांग्रेसको नयाँ नेतृत्व चयन गर्न ६ बजेसम्म तीन स्थानमा मतदान हुने

कांग्रेसको नयाँ नेतृत्व चयन गर्न ६ बजेसम्म तीन स्थानमा मतदान हुने

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.