Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

मानव सेवा आश्र जनकपुरले झिझिरमा बाधिएका युवालाइ उद्घार

मानव सेवा आश्र जनकपुरले झिझिरमा बाधिएका युवालाइ उद्घार

जनकपुर ।मानव सेवा आश्रम जनकपुरधामले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को पहलमा शम्भुनाथ नगरपालिका–७, भगवतपुर दक्षिणबारी टोलबाट असार ४ गते एक युवकको उद्धार गरेको छ ।
पाँच वर्षदेखि फलामे साङला ९सिक्री०मा बाँधिएका मनोरोगी २५ वर्षीय प्रविनकुमार चौधरीलाई उपचार र स्याहारका लागि उद्धार गरी जनकपुरधामस्थित मानव सेवा आश्रम लगिएको आश्रमका सचिव सुमन बड्तौलाले बताउनु भयो । आश्रमका सचिव सुमन बड्तौला, मधेस प्रदेश संयोजक विवेक महतो, सन्तोष थापा मगरको टोलीले चौधरीलाई उद्धार गरी लगेको हो ।
वि।सं। २०६९ सालमा हेटौँडाबाट शुरु भएको आश्रमले अहिले देशका १९ जिल्लामा २४ केन्द्र स्थापना गरी सेवा गर्दै आएको छ । जसमा हाल १ हजार ७ सय बढी सहयोगापेक्षी व्यक्ति रहनु भएको आश्रमका सचिव बड्तौलाले जानकारी दिनु भयो ।
उपचार खर्चको अभावमा प्रविनलाई घरमा फलामे साङला ९सिक्री०ले बाँधेर राखिएको थियो । मधेश प्रदेशका पूर्व मन्त्री महेश यादव र अधिकारकर्मी तथा सञ्चारकर्मी मनोहर पोखरेलले फलामे सिक्री खोल्दै चौधरीलाई मुक्त गर्नुभएको हो । उक्त अवसरमा मधेस प्रदेशका वन तथा वातावरण राज्यमन्त्री रन्जु कुमारी मण्डल खंग, सप्तरीका प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्राती, एसपी गजु सिद्दी ब्रजाचार्य, उप अनुसन्धान निर्देशक सुरेन्द्र कोइराला, वडा अध्यक्ष गोपालप्रसाद चौधरी, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्स्पेक्टर मेदिनीप्रसाद साह, रासस प्रतिनिधि नानीमैया कटवाल, इन्सेकद्वारा गठित प्रदेश मानव अधिकार समूहकी अध्यक्ष देबी माया भट्टराई, मानव अधिकार समूह शम्भुनाथका कोषाध्यक्ष शिवशंकर राम, इन्सेक सहजकर्ता अजय परियारलगायतको उपस्थिती रहेको थियो ।
मानसिक रोगका बिरामी चौधरीलाई उपचारको लागि अस्पताल लगिएको भएपनि आर्थिक अभावका कारण पटक–पटक अस्पताल लैजान र औषधि उपचार गर्न असमर्थ भएकोले घरमै राखिएको प्रविनकी आमा इश्वरीदेबीले बताउनु भयो । मनोरोगी छोरो गाउँ घरमा गइ उपद्रो मच्चाउने र स्वयम् छोरालाई समेत चोटपटक लाग्ने भयले बाध्य भएर पाँच वर्षदेखि सिक्रीमा बाँधेर राख्नु परेको उहाँले बताउनु भयो ।
प्रविनका दाजु रबिन वेपत्ता छन भने उनका बुबा परशुराम चौधरीको २०७७ साल चैत २६ गते निधन भइसकेको छ । कान्छो भाई सन्तोष भने बालकै उमेरदेखि काठमाडांैमा ज्याला मजदुरी गर्दै आएका छन् । छोराहरुको शोक मै परशुरामको निधन भएपछि एकल भएकी इश्वरीलाई प्रविनको स्याहार गर्नु पर्ने भएपछि मजदुरी गर्न बाहिर जान समेत समस्या पर्ने गरेको थियो । बाँधेकै स्थानमा शौच गर्ने प्रविनलाई आमाले नै नुहाउने, लुगा फेराउने, खाना खुवाउने गर्नुहुन्छ । निकै जिद्दी गरेपछि माया लागेर एक पटक प्रविनको सिक्री खोल्दा उनी भागेको र एक गाउँलेलाई लाठीले हिर्काएर घाइते बनाएपछी बाध्य भएर २४ सैं घण्टा बाँधेर राख्नु परेको इश्वरीदेबीले बताउनु भयो ।
औषधि उपचार पाए छोराको रोग निको हुन्थ्यो की भन्ने आशमा रहेकी उनले छोराको उपचारका लागि सबैतिर सहयोग माँगेर थाकेकोले उपचारको पहलका लागि इन्सेक प्रतिनिधिसँग आग्रह गर्नुभएको थियो । “इन्सेक प्रतिनिधि तथा नेपाल पत्रकार महासंघका सल्लाहकार समेत रहनु भएका पोखरेलको घर गएर आग्रह गरेको केही दिन पछि उहाँ आएर छोराको अवस्था हेरेर जानु भएको थियो, अहिले छोरालाई उपचार र स्याहारका लागि लैजानु भयो ।” इश्वरीदेबीले भन्नु भयो –“सबैले राम्रो अस्पतालमा लैजान सुझाव दिएका हुन् तर, मसँग पैसा अभावमा उपचार गराउन असमर्थ भएकाले निराश भएको थिए । अब औषधि उपचार र आश्रमको स्याहारले सुधार हुन्छ भन्ने आशा जागेको छ ।”

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

लहानको हिमालय विद्या निकेतनमा संस्कृतिको रंग–परिकारको स्वाद, विद्यार्थीको उत्साहले भरियो महोत्सव

लहानको हिमालय विद्या निकेतनमा संस्कृतिको रंग–परिकारको स्वाद, विद्यार्थीको उत्साहले भरियो महोत्सव

छठ पर्वको अवसरमा नरहा गाउँपालिकामा जेनजी समूहद्वारा सरसफाइ र वृक्षारोपण अभियान

छठ पर्वको अवसरमा नरहा गाउँपालिकामा जेनजी समूहद्वारा सरसफाइ र वृक्षारोपण अभियान

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.