Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

प्रधानमन्त्रीको अपिल: आपसी सहयोग र सद्भावका साथ विजयादशमी मनाऔं

प्रधानमन्त्रीको अपिल: आपसी सहयोग र सद्भावका साथ विजयादशमी मनाऔं

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षको विजयादशमी प्राकृतिक विपद्का बीच आपसी सहयोग र सद्भावका साथ मनाउन सबै नेपालीलाई आह्वान गरेका छन्।

विजयादशमी २०८१ को अवसरमा जारी भिडियो सन्देशमा उनले देशभित्र र विदेशमा रहेका नेपालीलाई शुभकामना व्यक्त गर्दै बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोपले सिर्जना गरेको पीडाबाट उकास्न ‘होस्टेमा हैसे’ मिलाउन आग्रह गरे। उनले विपद् पीडितको सहयोगका लागि सबैले हातेमालो गर्न आवश्यक रहेको औंल्याए।

ADVERTISEMENT

प्रधानमन्त्री ओलीले भने, “विपद्को घडीमा मेरो मन भारी छ। दशैंको उल्लासमा रमाउनुपर्ने यो बेला धेरै नेपाली दिदीबहिनी र दाजुभाइ विपद्का कारण रमाउन नसकिरहेको अवस्थामा छन्।” उनले बाढी र पहिरोका कारण धेरैले ज्यान गुमाउनु परेको, बालबालिका, जेष्ठ नागरिक र अन्य निर्दोष व्यक्तिहरू पीडित भएको भन्दै दुःख प्रकट गरे।

ADVERTISEMENT
ADVERTISEMENT

सरकारले प्रकोप प्रभावित क्षेत्रमा उद्धार, राहत, पुनःस्थापनामा ध्यान केन्द्रित गरिरहेको जानकारी दिँदै, प्रधानमन्त्रीले किसानको क्षति भएको बालीनालीको मूल्यांकन गरेर उचित क्षतिपूर्ति प्रदान गरिने र भत्किएका घरहरूको पुनर्निर्माण शीघ्र सम्पन्न गरिने आश्वासन पनि दिए।

उनले भने, “सरकार जिम्मेवारीप्रति पूर्ण सचेत छ। सबैलाई धैर्य राख्न र मिल्नेहरूले टीका लगाई दशैंको शुभकामना आदानप्रदान गर्न आग्रह गर्दछु।”

प्रधानमन्त्री ओलीले यसपालिको दशैं टीका उल्लासपूर्ण नभए पनि पीडामा परेकाहरूलाई सहयोग गरी समाजलाई पुनः सामर्थ्यमा फर्काउन सबै नेपालीले एकअर्कालाई साथ दिनुपर्ने आवश्यकता औंल्याए।

विपद्का पीडालाई कम गर्न सरकार प्रतिबद्ध रहेको भन्दै उनले सबैलाई धैर्यता अपनाउन र सकारात्मक रहन आह्वान गरेका छन्।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

सर्लाहीमा १३ वर्षीया बालिकाको घाँटी काटिएको अवस्थामा शव फेला

सर्लाहीमा १३ वर्षीया बालिकाको घाँटी काटिएको अवस्थामा शव फेला

भाडाको जग्गामा पसिना बगाउने किसान निराश, कृषि अनुदानमा पहुँच नपुगेको गुनासो

भाडाको जग्गामा पसिना बगाउने किसान निराश, कृषि अनुदानमा पहुँच नपुगेको गुनासो

नेतृत्व, व्यक्तित्व र संगठन विकासमा केन्द्रित बहुच्याप्टर तालिम आयोजना

नेतृत्व, व्यक्तित्व र संगठन विकासमा केन्द्रित बहुच्याप्टर तालिम आयोजना

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सर्लाहीमा मालपोतका नायब सुब्बा एक लाख रुपैयाँ घुससहित पक्राउ

सर्लाहीमा मालपोतका नायब सुब्बा एक लाख रुपैयाँ घुससहित पक्राउ

प्रहरी असईले आफैलाई गोली हानेर

अज्ञात समूहको गोली प्रहारबाट २८ वर्षीय युवक घाइते

सत्य, न्याय र पुनःस्थापनाको माग गर्दै लहानमा द्वन्द्वपीडितको आवाज बुलन्द

सत्य, न्याय र पुनःस्थापनाको माग गर्दै लहानमा द्वन्द्वपीडितको आवाज बुलन्द

मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित)

मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित)

जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका लागुऔषध मुद्दाका कैदी पक्राउ

जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका लागुऔषध मुद्दाका कैदी पक्राउ

लहानमा पुस २४ देखि एक्स्पो आयोजना हुँदै २५ करोडको कारोबार गर्ने लक्ष्य

लहानमा पुस २४ देखि एक्स्पो आयोजना हुँदै २५ करोडको कारोबार गर्ने लक्ष्य

जिल्ला अदालत सिरहाबाट हतकडी फुत्काएर फरार भएका १९ वर्षीय थुनुवा भारतसँग जोडिएको दशगजा क्षेत्रबाट पक्राउ

जिल्ला अदालत सिरहाबाट हतकडी फुत्काएर फरार भएका १९ वर्षीय थुनुवा भारतसँग जोडिएको दशगजा क्षेत्रबाट पक्राउ

सिरहामा अश्लील गीतमा गाउँलेका फोटो–भिडियो जोडेर टिकटकमा प्रसारण गर्ने आरोपमा २३ वर्षीय युवक पक्राउ

सिरहामा अश्लील गीतमा गाउँलेका फोटो–भिडियो जोडेर टिकटकमा प्रसारण गर्ने आरोपमा २३ वर्षीय युवक पक्राउ

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.