Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

मकै बालिमा सताइरहेको फौजी किरा के हो र समाधान कसरी गर्ने – प्राविधिक दर्शन


मकै बालिमा सताइरहेको फौजी किरा के हो र समाधान कसरी गर्ने – प्राविधिक दर्शन

कृषि ।हावापानी अनुसार माघदेखि असोजसम्म मकै लगाउने गरिन्छ। परम्परागत मकै लगाउने मूख्य सिजन भनेको बैशाखदेखि जेठ हो। यो मौसममा जुनसुकै क्षेत्रमा पनि मकैको राम्रो उत्पादन हुने बाली विशेषज्ञहरू बताउँछन्। अमेरीकन फौजी किराले नेपाल प्रवेश गरेदेखि मकै लगाउने किसानहरू चिन्तित भएका छन्।

किसानले लगाएका मकैवाली फौजीकिराले नष्ट गरिदिएपछि किसान चिन्तित बनेका हुन् । मकै उम्रिनासाथ फौजी कीराले डाँठ र पात दुवै खाएर नष्ट गरेका छन।

अमेरिकन फौजी किरा (फल आर्मीवर्म) मकैबालीमा लाग्ने पुतली समूहअन्तर्गत पर्ने किरा हो । यसको वैज्ञानिक नाम स्पोडोप्टेरा फ्र्युगिपेर्डा हो । यो राति चर्न मन पराउँछ । अमेरिकी महादेशको उष्ण तथा उपोष्ण क्षेत्रमा पाइने रैथाने किरा भारत हुँदै नेपाल छिरेको विज्ञहरु बताउँछन् । बैशाख २६ गते नवलपरासीको गैंडाकोट क्षेत्रमा पहिलोपटक फौजी किरा फेला परेको थियो ।

ADVERTISEMENT
ADVERTISEMENT

यो कीरा बालीका लागि निकै हानिकारक हुने गरेको छ । बालीमा क्षति पुर्‍याउने कीराको लार्भाले हो । फौजी कीराको लार्भा धेरै खन्चुवा हुन्छ । मकैको पात, गुभो, जुँगा र घोगा समेत खाइदिन्छ । यसले मकै मात्रै नभई जुनेलो, धान, गहुँ, कोदो, उखु, बन्दा चुकन्दर, बदाम, भटमास, प्याज, कपास, गोलभेंडा, आलु तथा अन्य घाँसमा पनि असर पुर्‍याउने गरेको छ ।

बालीनालीका लागि अहिलेसम्मकै खतरा मानिएको फौजी किराले ८० भन्दा बढी प्रकारका बालीनालीमा क्षति गर्ने गरेको अध्ययनले देखाएको छ । खाना र बासस्थानको खोजीमा यो किराको बयस्क पुतली एक दिनमा १ सय किलोमिटर र जीवनमा २ हजार किलोमिटरसम्म उडेर जान सक्छ । अमेरिका पछि अफ्रिकी महादेशको नाईजेरियामा सन २०१६ को जनवरीमा देखा परेको थियो । अहिले ४० भन्दा बढी अफ्रिकी मुलुकमा फैलिसकेको बताइन्छ ।

नेपालको तापक्रम र पानी पर्ने पद्धति फौजी कीरालाई फैलिन र मौलाउन सहयोग पुग्ने कृषि तथा कीट वैज्ञानिकहरूको भनाइ छ ।

कसरी थाहा पाउने फौजी किराको प्रकोप

फौजी किराको लार्भा शुरुको अवस्थामा सेतो वा हल्का हरियो रंगको हुन्छ भने टाउको कालो हुन्छ । हुर्कदै जाँदा लार्भाको शरीर साधारणतया खैरो रंगको हुन्छ । भने टाउको गाढा खैरो रंगको हुन्छ । पूर्ण विकसित लार्भा ३ देखि ४ सेन्टिमिटरको हुन्छ । लार्भाको जीवन १४ देखि २१ दिनको हुन्छ ।

अण्डाबाट भर्खर निस्किएको लार्भाले पातको हरियो भाग कोतरेर खाने गर्दछ । जसले गर्दा पातहरुमा सेतो धब्बा देखिन्छन् । लार्भाहरु ठूलो हुँदै जाँदा पातहरुमा प्वाल देखिन्छ । लार्भाले खाँदै गर्दा आलो दिसा हुन्छ । पछि गुभोभित्र समेत पसेर खाइदिने गरेको छ । गुभो खोलेर हेर्दा लार्भा देखिन्छ । यसले मकैको धान जमरामा समेत क्षति गर्ने गरेको पाइएको छ । घोगा लागेपछि घोगा र दानासमेत खाएर सखाप पार्ने कृषि विज्ञको भनाइ छ ।

फौजि किरा यसरी व्यवस्थापन गर्न सकिन्छ : कृषि विषयमा अध्यानरत विद्यार्थी सुनिल बस्नेत

ADVERTISEMENT

– मकै रोप्नुअघि गहिरो गरेर खनजोत गर्ने

– घोगा राम्रोसँग खोस्टाले छोपिने जातको मकै लगाउने

– बर्खे मकै सकेसम्म ढिलो नगरी समयमै रोप्ने तथा निश्चित ठाउँमा सबैले एकै समयमा अर्थात् एक हप्ताभित्र रोप्ने

– मकैमा कोसेबाली अन्तरबालीको रूपमा लगाउँदा कीराको प्रकोप कम गर्न सकिन्छ

– डेस्मोडिअम घाँस यो कीरालाई मन नपर्ने हनुाले मकैको बीचबीचमा यो घाँस लगाएर कीरालाई धपाउने अनि छेउछेउमा कीरालाई मनपर्ने नेपिअर घाँस लगाएर कीरालाई आकर्षित गरी मार्ने

– मकै उम्रेदेखि नै बालीको नियमित रुपमा अवलोकन गर्ने ।
– मकै लगाएको खेतबारीमा अमेरिकन फौजी कीराको पासोको प्रयोग गर्ने।
– यदि विरुवा घुँडा अवस्था सम्मको छ भने तल उल्लेखित विषादी सुरक्षित तवरले प्रयोग गर्ने
– निममा आधारित विषादी एजार्डीरेक्टिन १.५ मि.लि. प्रति लिटर पानीका दरले वा २० इमामेक्टिन बेन्जोएट १ ग्राम प्रति २.५ लिटर पानीको दरले
वा ३० क्लोरो एन्ट्रानिलिप्रोल १८.५ प्रतिशत ई.सी. १ मि.लि. प्रति २.५ लिटर पानीको दरले वा ४० स्पाइनोसेड ४५५ ई.सी.१ मि.लि. प्रति ३ लिटर पानीको दरले मिसाई गुबोमा पर्ने गरि वोटहरु राम्ररी भिज्ने गरी छर्कनु पर्छ ।

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

दुर्गापुरमा अनौठो काउली उत्पादन, उपभोक्ता चकित

यार्सा गुम्बा : हिमाली चमत्कार, स्वास्थ्यका लागि अमूल्य सम्पत्ति र उच्च आर्थिक स्रोत

यार्सा गुम्बा : हिमाली चमत्कार, स्वास्थ्यका लागि अमूल्य सम्पत्ति र उच्च आर्थिक स्रोत

हरियो खुर्सानी : स्वास्थ्यका लागि फाइदाजनक, भिटामिनले भरिपूर्ण

हरियो खुर्सानी : स्वास्थ्यका लागि फाइदाजनक, भिटामिनले भरिपूर्ण

अण्डाको मूल्यवृद्धिले किसानमा नयाँ जोश, लागत अनुसारको मूल्य पाउँदा उत्साहित

अण्डाको मूल्यवृद्धिले किसानमा नयाँ जोश, लागत अनुसारको मूल्य पाउँदा उत्साहित

कृषि देखी राजनीतिसम्म भण्डारी

कृषि देखी राजनीतिसम्म भण्डारी

गापा अध्यक्ष उग्रनारायण हामी संग सौतेनी ब्यवहार गर्छन्: वाडा अध्यक्ष राम कुमार यादवले बताए

गापा अध्यक्ष उग्रनारायण हामी संग सौतेनी ब्यवहार गर्छन्: वाडा अध्यक्ष राम कुमार यादवले बताए

ADVERTISEMENT

ट्रेन्डीङ्ग

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.