सिराहा: फैसल सामुदायिक विकास संस्था, माडर सिराहाले चिसोको कठ्याङ्ग्रिँदो मौसममा गरिब र बालबालिकाका लागि न्यानो कपडा वितरण गरेको छ। सिराहा नगरपालिका वडा नं. १६ को बिस्समिल्ला चौकमा आयोजित कार्यक्रममा ज्याकेट, चादर, साडी लगायतका न्यानो कपडा वितरण गरिएको हो।
कार्यक्रममा स्थानीय अगुवा, राजनैतिक व्यक्तित्व, र युवाहरुको सक्रिय सहभागिता रहेको थियो। संस्थाका ट्रस्टीहरु मोहम्मद मुस्तफा अज़हरी, रुस्तम, मुजाहिद, कयुम, अब्बास, असमत, जलील र कमरुलले आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
यस संस्थाले गरिब र खाँचोमा परेका व्यक्तिहरूको जीवनस्तर सुधार्न निरन्तर योगदान दिँदै आएको छ। सहभागीहरूले संस्थाका प्रयासहरूको प्रशंसा गर्दै यसलाई दीर्घकालीन बनाउन शुभकामना व्यक्त गरेका छन्।
फैसल सामुदायिक विकास संस्थाले आगामी दिनमा पनि यस्ता सामाजिक सेवाका कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेको छ।














