सिरहा। छठ पर्व तथा कार्तिक पूर्णिमाको अवसरमा नरहा गाउँपालिकामा जेनजी समूहका युवाहरूले सरसफाइ, वृक्षारोपण तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेका छन्।
स्वच्छ वातावरण र वातावरणीय संरक्षणको सन्देशसहित आयोजित कार्यक्रममा गाउँका सडक, सार्वजनिक स्थल तथा मन्दिर वरपर सरसफाइ गरिएको थियो। साथै, हरियाली बढाउने उद्देश्यले विभिन्न प्रजातिका बिरुवाहरू पनि रोपिएका छन्।
“हाम्रो उद्देश्य वातावरणलाई स्वच्छ राख्दै समाजमा सकारात्मक सोच फैलाउनु हो,” जेनजी समूहका एक सदस्यले बताए। युवाहरूले “पर्यावरण जोगाऔं, स्वच्छता अपनाऔं” भन्ने नारासहित अभियानलाई निरन्तरता दिने प्रतिवद्धता जनाएका छन्।
स्थानीय बासिन्दा र समाजसेवी बिजय कुमार यादवले युवाहरूको सक्रियता र सामुदायिक भावनाको प्रशंसा गर्दै यस्ता पहलले गाउँलाई सुन्दर र स्वस्थ बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन्।















