Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र  शाह (बालेन) ले शब्दभन्दा कामलाई प्राथमिकता दिएको बताएका छन् । भूकम्प सुरक्षा दिवसको अवसरमा सामाजिक सञ्जालमा लेख्दै यस्तो बताएका हुन् ।

बालेनले २०७२ सालको भूकम्पपछि सिभिल इन्जिनियरका रूपमा देशका विभिन्न जिल्लामा काम गरेको उल्लेख गरेका छन् । काभ्रेमा मात्रै करिब २५ सय घर निर्माण गरिएको र गोरखासहित ३५ भन्दा बढी जिल्लामा काम गर्ने अवसर पाएको उनले बताएका छन् । भूकम्प सुरक्षा दिवसका अवसरमा अब कहिल्यै पनि त्यस्तो विनाशकारी दिन नआओस् भन्ने कामना पनि उनले गरेका छन् ।

उनका अनुसार नेपालजस्तो भूकम्पीय जोखिम भएको देशमा विकास केवल इन्जिनियरिङको कामले मात्र सम्भव हुँदैन । भौगोलिक अवस्था र समाजका विविध पक्षलाई सँगै अघि बढाएर मात्र राष्ट्रको विकास सम्भव हुने उनको भनाइ छ । विकास भनेको भूगोल र जनताको दुवै पक्षलाई जोड्ने बलियो आधार निर्माण गर्नु भएको उनले बताएका छन् ।

सुरक्षित राष्ट्र निर्माणका लागि स्ट्रक्चरल इन्जिनियरिङ, दीर्घकालीन योजना, जिम्मेवार नीति र इमानदार नेतृत्व आवश्यक रहेको बालेनको भनाइ छ । यही बुझाइका कारण आफू भारत गएर स्ट्रक्चरल इन्जिनियरिङ अध्ययन गरेको र विदेशमा अवसर हुँदाहुँदै पनि देश फर्किएको उनले उल्लेख गरेका छन् ।

महानगर प्रमुखको जिम्मेवारी सम्हालेपछि शब्दभन्दा काममा जोड दिएको भन्दै उनले स्थानीय तहले अधिकार प्रयोग गरेर जनताको जीवनमा प्रत्यक्ष असर पर्ने काम गर्न सकिन्छ भन्ने प्रमाणित गरिएको दाबी गरेका छन् । पारदर्शी सेवा, प्रणाली सुधार र संरचनागत परिवर्तनको सुरुवात महानगरबाट भएको उनको भनाइ छ ।

बालेनले विकास भनेको सडक र ठुला भवन मात्रै नभई सुरक्षित संरचना, जनताको आशा जोगाउने नीति र देशमै केही गर्न सकिन्छ भन्ने वातावरण बनाउनु हो भनेका छन् । दीर्घकालीन सोच, इमानदार नेतृत्व र जनविश्वास जित्ने शासन प्रणाली आवश्यक रहेको उल्लेख गर्दै उनले सुरक्षित र आशालाग्दो भविष्यका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताएका छन् ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानको हिमालय विद्या निकेतनमा संस्कृतिको रंग–परिकारको स्वाद, विद्यार्थीको उत्साहले भरियो महोत्सव

लहानको हिमालय विद्या निकेतनमा संस्कृतिको रंग–परिकारको स्वाद, विद्यार्थीको उत्साहले भरियो महोत्सव

छठ पर्वको अवसरमा नरहा गाउँपालिकामा जेनजी समूहद्वारा सरसफाइ र वृक्षारोपण अभियान

छठ पर्वको अवसरमा नरहा गाउँपालिकामा जेनजी समूहद्वारा सरसफाइ र वृक्षारोपण अभियान

कुशवाहा समाजको १०औं अधिवेशन तोके कै तिमिमा गराउने अध्यक्ष धनपति महतो

कुशवाहा समाजको १०औं अधिवेशन तोके कै तिमिमा गराउने अध्यक्ष धनपति महतो

शारदीय नवरात्रको आज पाँचौ दिन, देवी स्कंदमाताको पूजा तथा आराधना गरिँदै

शारदीय नवरात्रको आज पाँचौ दिन, देवी स्कंदमाताको पूजा तथा आराधना गरिँदै

ADVERTISEMENT

ट्रेन्डीङ्ग

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.