Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

२५ वर्षदेखि चियाको साथी बनेको ‘खजुरीको’

अधिकांश बिस्कुट र कुकिजको ब्रान्ड नाम हुन्छ- खजुरी


२५ वर्षदेखि चियाको साथी बनेको ‘खजुरीको’

हामीमध्ये धेरैलाई चियामा चपक्क चोबेर केही खान मन पर्छ। यसरी खाँदा याद गर्नुभएको छ कि छैन, अधिकांश बिस्कुट र कुकिजको ब्रान्ड नाम हुन्छ- खजुरीको। अझ पफको बजारमा त खजुरीकोले राज नै गरेको छ।

करिब २५ वर्षदेखि खजुरीको हाम्रो चियाको साथी बनिरहेको छ।

समयसँगै उपभोक्तालाई विभिन्न स्वादमा बिस्कुट, कुकिज र पफ चखाइरहेको खजुरीको सुरूमा घरेलु उद्योगका रूपमा २०५२ सालमा ललितपुर, चापागाउँमा आधिकारिक रूपमा सुरू भएको हो। बुबाले घरमै पाउरोटी र बिस्कुट बनाएर बेच्ने गरेको घरायसी उद्योगलाई छोरा जगन्नाथ महर्जनले ब्रान्ड बनाएर बजार विस्तार गरे। सानैदेखि बुबालाई व्यवसायमा सघाउने जगन्नाथले पढाइ सकेपछि जिम्मेवारी सम्हालेका हुन्।

ADVERTISEMENT
ADVERTISEMENT

‘हामी पहिलेदेखि घरमै पाउरोटी र बिस्कुट बनाएर बेच्थ्यौं। पढाइ सकेपछि मैले व्यवस्थापनको जिम्मा लिएँ,’ जगन्नाथले भने, ‘त्यति बेला घरमा उत्पादन गरेको खानेकुरा पसल–पसलमा बेच्न जान्थ्यौं।’

बजारमा उनीहरूको उत्पादन राम्रै बिक्री हुन्थ्यो। जगन्नाथलाई आफ्नो सानो घरेलु उद्योग आधुनिक बनाउने र ठूलो बजारमा पुग्ने सोच आयो। उनले आधुनिक तरिकाले बेकरी परिकार उत्पादन गर्ने योजना बनाए। उनीसँग लगानीका लागि बजेट थिएन, व्यवसायको प्रस्ताव लिएर बैंक गए।

त्यो समयमा धेरै बैंक थिएनन्। भएका बैंकबाट पनि ऋण झिक्न निकै कठिन थियो। धेरै पहिले उनको परिवारले बिस्कुट र पाउरोटी उत्पादनको घरेलु उद्योग चलाउन नेपाल बैंकबाट २५ हजार रूपैयाँ ऋण झिकेको थियो। सरकारी बैंकबाट ऋण झिक्दा समस्या भोगेका जगन्नाथ विदेशी लगानीमा सञ्चालन भएको बैंकमा गए।

जगन्नाथका अनुसार त्यो समय बैंकबाट ऋण लिन बैंकको कुनै पनि शाखाबाट पैसा लिएको छैन भनेर ‘कन्फर्मेसन लेटर’ चाहिन्थ्यो। उनले भने, ‘त्यस्तो पत्र दिन सकिएन भने कर्मचारीलाई कमिसन दिनुपर्थ्यो।’

कमिसन दिएर महँगो ब्याजमा ऋण लिन असम्भव देखेपछि जगन्नाथ अरू बैंक गए। तिनले रिङरोडबाहिर लगानी गर्दैन भनेर फर्काइदिए। तै पनि जगन्नाथले हिम्मत हारेनन्।

अन्तिममा उनी नेपाल इन्डोस्वेज बैंक अर्थात् अहिलेको नेपाल इन्भेस्टमेन्ट बैंक गए। यो बैंक गाउँमा लगानी गर्न इच्छुक रहेछ। त्यो बेला चापागाउँ गाउँ नै थियो। जगन्नाथको आवश्यकता र बैंकको इच्छा मेल खायो।

बैंकका कर्मचारीले जगन्नाथको उद्योगको स्थलगत अध्ययन गरे। बैंकलाई उनको व्यवसायको मोडालिटी मन पर्‍यो। तर २५ लाख रूपैयाँभन्दा कम ऋण दिन मिल्दैन भन्यो। जगन्नाथले केही कम ऋणको प्रस्ताव बनाएका थिए, धेरै पैसा पाउने भएपछि त के चाहियो र!

‘मैले त धेरै नपाइएला भनेर १७ लाखको प्रपोजल बनाएको थिएँ। बैंकले २५ लाखभन्दा कम दिन मिल्दैन भन्दा त झन् ढुंगा खोज्दा देउता भेटेजस्तै भयो,’ उनले भने, ‘अनि २५ लाखको प्रपोजल बुझाएर ऋण लिएँ। अहिलेसम्म मेरो कारोबार यही बैंकबाट हुने गरेको छ।’

जगन्नाथका अनुसार त्यो समयमा बैंकको ब्याज निकै महँगो थियो। निजी क्षेत्रको बैंकमा २० प्रतिशत र सरकारी बैंकमा १८ प्रतिशत ब्याज तिर्नु पर्थ्यो। निजी बैंकहरूले ऋणीलाई बैंकिङ कारोबार सिकाउँथे। ग्राहक नउम्किऊन् भन्ने सोच्थे। सरकारी बैंकलाई भने मतलब नहुने र उल्टै कमिसन दिनु पर्ने अवस्था भएको उनले सुनाए।

बैंकबाट ऋण लिएर उनले चापागाउँको आफ्नै जग्गामा उद्योगका लागि भवन बनाए। भारतबाट सेमीअटोमेटिक मेसिन ल्याए र उत्पादन थाले। उत्पादनको मुख्य कच्चा पदार्थ चिनी र मैदा नेपालमै पाइन्थ्यो। सुरूआतमा उद्योगबाट पाउरोटी र बन उत्पादन गरेको जगन्नाथ सम्झन्छन्।

‘त्यो समयमा सबै हातले बनाइन्थ्यो, हामीले नै पहिलो पटक मेसिनबाट बनाएका थियौं,’ उनले भने। मेसिनको उत्पादन निकै राम्रो देखियो। त्यो बेला पाउरोटी नदेखिने गरी प्याकिङ गरिएको हुन्थ्यो। जगन्नाथले यति राम्रो सामान ग्राहकले देख्नु नै राम्रो हुन्छ भन्ने ठानेर प्लास्टिकमा प्याक गरेर बेच्न थाले।

उनलाई गाउँमा बनेको सामान सहरमा बिक्री होला कि नहोला भन्ने डर थियो। पाउरोटीको नयाँ प्याकेज देखेपछि ग्राहकले निकै मन पराए।

त्यतिखेर बेकरी सामान गाडीमा हालेर पसलहरूमा पुर्‍याइन्थ्यो। त्यसैले गाडी पुग्ने ठाउँमा मात्रै सामान पुग्थ्यो। जगन्नाथले सबै ठाउँका गल्लीगल्लीमा सामान पुर्‍याउनु पर्छ भनेर वितरकहरू नियुक्त गरेर साइकल प्रयोग गरे।

‘हामीले साइकल ब्वाइ राख्यौं र काठमाडौंका भित्री गल्लीहरूमा पनि उत्पादन पुर्‍याउन थाल्यौं,’ उनले भने।

जगन्नाथको लगनशीलताकै कारण पहिलो वर्षमै उद्योगले चौबिसै घन्टा उत्पादन गर्न थाल्यो। दुई–तीन वर्षमै नजिकै २८ रोपनी जग्गा भाडामा लिएर उनले अर्को उद्योग बनाए। त्यो समयमै उद्योगमा एक सय जनाभन्दा बढी कामदारले काम गरेको जगन्नाथ बताउँछन्।

‘हामी उत्पादन बढाउँथ्यौं, ग्राहकको माग त्योभन्दा बढी हुन्थ्यो। ग्राहकको माग पुर्‍याउनै हामीलाई मुश्किल भयो, सकेनौं,’ उनले भने।

उद्योगले अन्य खानेकुरा पनि उत्पादन गर्न थाल्यो। अहिले ग्राहकले बजारमा चार प्रकारका खजुरीको पाउँछन्– बिस्कुट, कुकिज, पफ र स्टिक नुडल्स।

बिस्कुटमा भिटामिल्क, कोकोनिको, चोकोचोको र ग्लुकोज छ। कुकिजमा पिनट, बटर, कोकोनट, आँटा र बिस्कोटी छ। पफ पनि दुई प्रकारको छ।

चेस बोर्ड शैलीको कुकिज र तिल हालेको पफ उद्योगको पछिल्लो उत्पादन हो। स्वाद, गुणस्तर, मूल्य र वितरण प्रणालीका कारण खजुरीकोले लामो यात्रा गर्न सकेको जगन्नाथको भनाइ छ।

ADVERTISEMENT

‘हाम्रो स्वाद, गुणस्तर, मूल्य र वितरण प्रणाली स्थिर छ। सुरूआतदेखि आजसम्म यी कुरामा घटबढ छैन,’ उनले भने, ‘२०५२ सालमा जस्तो थियो, अहिले पनि त्यस्तै छ। हामीले थोरै नाफामा काम गर्‍यौं। कच्चा पदार्थको मूल्य बढ्दा हामीले घाटामै पनि काम गर्‍यौं।’

खजुरीको उद्योग चितवनमा पनि छ। गत वर्षदेखि कम्पनीले खजुरीको ‘चेन स्टोर’ सञ्चालन गरेको छ। यहाँ खजुरीका उत्पादन लगायत भान्सामा दैनिक उपयोग हुने धेरै सामान पाइन्छ। कम्पनीले अहिलेसम्म नौ वटा पसल खोलिसक्यो। गोदावरी, महालक्ष्मी, भक्तपुर र काठमाडौंमा भर्खरै सञ्चालनमा आएको जगन्नाथले बताए।

कम्पनीको यो नयाँ व्यवसाय भने होइन। पहिल्यैदेखि जगन्नाथको खाद्यान्न होलसेल छ। ग्राहकले सहजै सरल मूल्यमा सामान पाऊन् भनेर खुद्रा पसल राखेको उनी बताउँछन्।

अहिले व्यवसाय सम्हाल्न जगन्नाथ एक्लै छैनन्। चार दाजुभाइ एकसाथ छन्। चार जना छोराछोरीले पनि व्यवसायमा सघाउने गरेको उनले बताए।

‘स्नातकोत्तर पढिसकेका छोराछोरीलाई व्यवसायमा लगाएका छौं,’ उनले भने, ‘अहिले कम्पनीमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा १५ सयभन्दा बढी कामदार छन्। लगभग सबै जिल्लामा हाम्रो उत्पादन पाइन्छ।’

आगामी असारभित्र २५ वटा किराना खोल्ने कम्पनीको योजना छ।

तर सरकारको नीति उद्योग अनुकूल नभएकोमा जगन्नाथलाई गुनासो छ। उनका अनुसार २०४६ सालपछि जति नीति बने, ती कुनै पनि उद्योगमैत्री छैनन्।

‘भएको भए ठूला उद्योग बन्द हुने थिएनन्,’ उनले भने, ‘उद्योग सञ्चालनका लागि वातावरणीय असरको अध्ययन निकै झन्झटिलो छ। श्रम कानुन र नीति उद्योग अनुकूल बनाउनुपर्छ।’

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

लहानमा आयुर्वेदिक विधिबाट जटिल रोगहरूको सफल उपचार

लहानमा आयुर्वेदिक विधिबाट जटिल रोगहरूको सफल उपचार

रिंकु सदाको परिवारलाई समग्र जनउत्थान केन्द्रको राहत

रिंकु सदाको परिवारलाई समग्र जनउत्थान केन्द्रको राहत

आम जनतालाई  स्वास्थय सेवा लिन अस्पताललाई समाजसेवी यादवद्वारा १० कठ्ठा जग्गा दान

आम जनतालाई  स्वास्थय सेवा लिन अस्पताललाई समाजसेवी यादवद्वारा १० कठ्ठा जग्गा दान

माँ लक्ष्मी युवा समाजको सहयोग अभियान: रोग पीडितलाई २०,०५५ रुपैयाँ सहयोग

माँ लक्ष्मी युवा समाजको सहयोग अभियान: रोग पीडितलाई २०,०५५ रुपैयाँ सहयोग

भोजपुरमा ८,४१९ किशोरीलाई एचपिभी खोप लगाइने तयारी

भोजपुरमा ८,४१९ किशोरीलाई एचपिभी खोप लगाइने तयारी

काभ्रेपलाञ्चोकमा १६,००० भन्दा बढी किशोरीलाई एचपीभी खोप दिइने

काभ्रेपलाञ्चोकमा १६,००० भन्दा बढी किशोरीलाई एचपीभी खोप दिइने

ADVERTISEMENT

ट्रेन्डीङ्ग

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

बालेन्द्र शाह अग्रता, केपी शर्मा ओली पछ्याउँदै

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.