Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

गोर्खामा रक्त सञ्चार सेवा केन्द्र सञ्चालनमा

गोर्खामा रक्त सञ्चार सेवा केन्द्र सञ्चालनमा

गोर्खा । जिल्लामा रक्त सञ्चार सेवा केन्द्र (ब्लड बैंक) सञ्चालनमा आएको छ । स्थापना भएको ३ वर्षपछि केन्द्र सञ्चालनमा आएको हो । केन्द्रका लागि शिक्षा विकास तथा समन्वय इकाइसँगैको भवनमा आवश्यक उपकरण जडान गरिएको छ । बुधबार जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापाले केन्द्रको उद्घाटन गरे ।

पहिलो दिन ६ जनाले रक्तदानसमेत गरेको रेडक्रस सोसाइटी गोरखा शाखाका कार्यालय प्रमुख सुवास घिमिरेले बताए । अब रगत अभावकै कारण बिरामी जिल्लाबाहिर रेफर हुन नपर्ने उनले बताए । रक्तदान गर्ने र रगत आवश्यक पर्ने दुवैलाई केन्द्र सहज बन्ने घिमिरेको भनाइ छ । केन्द्र सञ्चालनका लागि मासिक ७५ हजार खर्च लाग्ने रेडक्रस जिल्ला शाखाका सभापति यदुविलास भट्टराईले बताए । तत्कालका लागि ३ पालिकाबाट केही रकम विनियोजन गर्ने आश्वासन पाएको उनले बताए ।

ADVERTISEMENT

‘सहिद लखन, आरुघाट र सिरानचोक गाउँपालिकाले केही रकम सहयोग गर्ने बचन दिएका छन्,’ उनले भने, ‘जिल्लाका अन्य पालिकासँग पनि सहयोगको माग राखेका छौं ।’ केन्द्रमा एक जना ल्याब टेक्निसियनसहित कम्तीमा ४ कर्मचारी राख्ने गरी योजना बनाएको भट्टराईले बताए । ‘रक्त संकलन गाह्रो छैन, केन्द्रसँग दुई सय पिन्टसम्म रगत राख्न सक्ने क्षमता छ,’ उनले भने, ‘संकलित रकम ४२ दिनसम्म राख्न मिल्ने रहेछ, तर हामी यहाँ संकलित रगत ३० दिनभित्र खपत नभए अर्को ठाउँमा पठाउँछौं ।’ बढी भएको रगत चितवन तथा पोखरा पठाउने योजना रेडक्रसको छ ।

ADVERTISEMENT
ADVERTISEMENT

तीन वर्षअघि ब्लड बैंक सञ्चालनका लागि तीन करोड रुपैयाँ बराबरको उपकरण आए पनि जनशक्ति अभावमा केन्द्र सञ्चालनमा आउन सकेको थिएन । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था अस्ट्रेलियाको ग्याप र बेल्जियम रेडक्रसको सहयोगमा ब्लड बैंकका लागि आवश्यक उपकरण रेडक्रस सोसाइटी गोरखालाई सहयोग गरिएको थियो । बेल्जियम र नेदरल्यान्ड्स रेडक्रसले ब्लड बैंक सञ्चालनका लागि आवश्यक पर्ने ब्लड कनेक्सन मोनिटर, ट्युब सिलर, स्टेरेलाइज ओभन, इक्युभेटर, फ्रिजलगायत सामग्री सहयोग गरेको छ । गोरखा अस्पतालमा रगत अभावमा शल्यक्रिया सेवामा समेत समस्या पर्दै आएको थियो ।

अस्पतालमा आउने प्रसूति, सडक दुर्घटना र डायलसिस गर्ने बिरामीलाई रगतको बढी आवश्यकता पर्ने गरेको स्वास्थ्यकर्मी बताउँछन् ।

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

आम जनतालाई  स्वास्थय सेवा लिन अस्पताललाई समाजसेवी यादवद्वारा १० कठ्ठा जग्गा दान

आम जनतालाई  स्वास्थय सेवा लिन अस्पताललाई समाजसेवी यादवद्वारा १० कठ्ठा जग्गा दान

बीमा प्राधिकरणको अध्यक्षका लागि पाँच जनाको नाम सिफारिस

बीमा प्राधिकरणको अध्यक्षका लागि पाँच जनाको नाम सिफारिस

सामसङ एस २५ र एस २५ प्लस सार्वजनिक

सामसङ एस २५ र एस २५ प्लस सार्वजनिक

प्रेस काउन्सिल नेपालद्वारा चार सञ्चार माध्यम कालोसूचीमा, सात विशेष अनुगमनमा, र एक युट्युब च्यानलविरुद्ध कारबाहीको सिफारिस

प्रेस काउन्सिल नेपालद्वारा चार सञ्चार माध्यम कालोसूचीमा, सात विशेष अनुगमनमा, र एक युट्युब च्यानलविरुद्ध कारबाहीको सिफारिस

नेपालमा टिकटकको आधिकारिक दर्ता, सरकारलाई राजस्व संकलन र सामग्री नियन्त्रणमा सुविधा

विद्युतीय सेवा करमा २० अन्तर्राष्ट्रिय कम्पनी दर्ता, टिकटक र नेटफ्लिक्स पनि समावेश

नि:शुल्क सेवा भए पनि ह्वाट्सएपले कसरी गर्छ अर्बौंको कमाइ? मेटाको व्यावसायिक मोडेलका पछाडि लुकेको रहस्य

नि:शुल्क सेवा भए पनि ह्वाट्सएपले कसरी गर्छ अर्बौंको कमाइ? मेटाको व्यावसायिक मोडेलका पछाडि लुकेको रहस्य

ADVERTISEMENT

ट्रेन्डीङ्ग

स्टिमेटविपरीत सडक निर्माण भएको आरोप, लहान–१ मा स्थानीयको विरोध

स्टिमेटविपरीत सडक निर्माण भएको आरोप, लहान–१ मा स्थानीयको विरोध

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.