जेठ लहान – जे.एस मुरारका बहुमुखी क्याम्पस लहानमा भब्य बिदाई स्वागत तथा बिदाई समारोह सम्पन्न भएको छ।स्नातक तहका सबै संकायका विद्यार्थीहरुको उल्लेखनीय उपस्थिति रहेको क्याम्पस प्रमुख संजय कुमार चौधरीले बताए।
औपचारिक कार्यक्रमको अध्यक्षता नेपाल विद्यार्थीका नेता मनिष चौधरीको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो।प्रमुख अतिथिमा लहान नगरपालिकाका नगर प्रमुख तथा क्याम्पस अध्यक्ष महेश प्रसाद चौधरीले प्रमुख अतिथि रहनु भएको थियोे।
कार्यक्रममा सहायक क्याम्पस प्रमुख सजन कुमार साह,प्राध्यापक कन्हैया भट्ट,राम नाथ यादव, भोलाप्रसाद बिश्वकर्मा लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो। नेबि संघका विद्यार्थी नेता मनिष कुमार चौधरी,महेश कुमार साह,यश कुमार चौधरीको कार्यक्रममा उपस्थिति रहेको थियोे।
विद्यार्थीमा आतमबल बढाउन एक अर्कामा भावनात्म बैचारिक र स्मरणीय भेटघाटको मौका मिलाउने गरेको र ४ बर्ष संगै बसेर पढ्ने विद्यार्थी एक आपसमा रमाइलो गर्दै विद्यार्थी तथा स्वागत समारोह सम्पन्न गएको यश कुमार चौधरीले बताए।
यस्तो बिदाई कार्यक्रमहरु प्रत्येक बर्ष कार्यक्रमहरु मनाउने गरेका छन्।गुरुले टिका र खादा लगाएर विद्यार्थीहरुले गुरुको आशीर्वाद दिदै विद्यार्थी भएको थियोे।गुरुले विद्यार्थीलाई आशीर्वाद दिदै सफल विद्यार्थी नेपाल सरकारले निकालिएको लोक सेवामा सफलताको कामना गर्दै कार्यक्रम समापन भएको र विद्यार्थीहरुले एक अर्कामा विभिन्न सांस्कृतिक कार्यक्रम मनाएका थिए।















