Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

नेपालमा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप अभियान सुरु हुने

नेपालमा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप अभियान सुरु हुने

काठमाडौं। नेपाल सरकारले किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउनका लागि एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप अभियान सुरु गर्ने भएको छ। स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले कक्षा ६ देखि १० सम्मका विद्यालयमा अध्ययनरत र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षका करिब १६ लाख ८८ हजार किशोरीलाई लक्षित गरी यो खोप अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए।

यस अभियान माघ महिनामा १५ दिनसम्म सञ्चालन हुनेछ। विद्यालयभित्रका किशोरीहरूलाई विद्यालयमै खोप केन्द्र स्थापना गरी खोप प्रदान गरिनेछ भने विद्यालय बाहिर रहेका किशोरीहरूलाई स्वास्थ्य संस्थामा गएर खोप लगाउन सकिने व्यवस्था गरिएको छ। यसअघि नमूनाका रूपमा सात प्रदेशका एक–एक सङ्घीय अस्पतालमा यो खोप लगाइएको थियो।

डा. गौतमका अनुसार यो नेपालमा पाठेघरको मुखको क्यान्सरविरुद्धको सबैभन्दा ठूलो अभियान हो। यो खोप एकपटक लगाएपछि जीवनभर प्रभावकारी हुने हुँदा किशोरी र अभिभावकलाई यस अभियानमा सहभागी हुन आग्रह गरिएको छ। खोपको लागत करीब ६ हजार रुपैयाँ भए पनि सरकारले यसलाई निःशुल्क प्रदान गर्नेछ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ क्यान्सर विशेषज्ञ डा. अरुण शाहीका अनुसार कलिलो उमेरमा विवाह, धूमपान, मद्यपान, र यौनाङ्गको सरसफाइमा कमीका कारण ह्युमन प्यापिलोमा भाइरसको जोखिम बढ्ने भएकाले यस खोपको महत्त्वपूर्ण भूमिका रहन्छ। उनले यो खोप ९९ प्रतिशत प्रभावकारी रहेको जानकारी गराउँदै सबै किशोरीलाई यो खोप लगाउन सिफारिस गरेका छन्।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

लहानमा आयुर्वेदिक विधिबाट जटिल रोगहरूको सफल उपचार

लहानमा आयुर्वेदिक विधिबाट जटिल रोगहरूको सफल उपचार

रिंकु सदाको परिवारलाई समग्र जनउत्थान केन्द्रको राहत

रिंकु सदाको परिवारलाई समग्र जनउत्थान केन्द्रको राहत

आम जनतालाई  स्वास्थय सेवा लिन अस्पताललाई समाजसेवी यादवद्वारा १० कठ्ठा जग्गा दान

आम जनतालाई  स्वास्थय सेवा लिन अस्पताललाई समाजसेवी यादवद्वारा १० कठ्ठा जग्गा दान

माँ लक्ष्मी युवा समाजको सहयोग अभियान: रोग पीडितलाई २०,०५५ रुपैयाँ सहयोग

माँ लक्ष्मी युवा समाजको सहयोग अभियान: रोग पीडितलाई २०,०५५ रुपैयाँ सहयोग

भोजपुरमा ८,४१९ किशोरीलाई एचपिभी खोप लगाइने तयारी

भोजपुरमा ८,४१९ किशोरीलाई एचपिभी खोप लगाइने तयारी

काभ्रेपलाञ्चोकमा १६,००० भन्दा बढी किशोरीलाई एचपीभी खोप दिइने

काभ्रेपलाञ्चोकमा १६,००० भन्दा बढी किशोरीलाई एचपीभी खोप दिइने

ADVERTISEMENT

ट्रेन्डीङ्ग

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

बालेन्द्र शाह अग्रता, केपी शर्मा ओली पछ्याउँदै

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.