Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

सरावलमा १८ करोडको लागतमा अस्पताल निर्माण, स्थानीयको स्वास्थ्य सेवामा पहुँच विस्तारको अपेक्षा

सरावलमा १८ करोडको लागतमा अस्पताल निर्माण, स्थानीयको स्वास्थ्य सेवामा पहुँच विस्तारको अपेक्षा

नवलपरासी।पश्चिम नवलपरासीको सरावल गाउँपालिका–५, धनगडवामा १८ करोड रुपैयाँको लागतमा १५ शय्याको आधारभूत अस्पताल निर्माणको काम सुरु भएको छ। संघीय सरकारको स्वास्थ्य मन्त्रालयले यो अस्पतालका लागि बजेट विनियोजन गरेसँगै निर्माण प्रक्रिया अघि बढाइएको हो। अस्पतालले स्थानीयलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने विश्वास गरिएको छ।

सरावल गाउँपालिकाका अध्यक्ष सुखाडीप्रसाद चौधरीका अनुसार यसअघि गाउँपालिकामा आधारभूत स्वास्थ्य सेवा अभावकै कारण स्थानीयहरूलाई उपचारका लागि परासी, भैरहवा, र बुटवलजस्ता शहरसम्म पुग्नुपर्ने बाध्यता थियो। नयाँ अस्पताल बनेसँगै यस क्षेत्रका नागरिकले समयमै स्वास्थ्य सेवा पाउनेछन् र यसले उनीहरूको जीवनस्तर सुधार गर्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

अस्पतालले आधारभूत सेवा र सुविधाहरू उपलब्ध गराउने योजना रहेको बताउँदै अध्यक्ष चौधरीले यसको निर्माण कार्यलाई चाँडै सम्पन्न गर्न बोलपत्र प्रक्रिया सम्पन्न गरिसकेको जानकारी दिनुभयो।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

अस्पतालको निर्माणका लागि स्थानीय बासिन्दाहरूले ठूलो सहयोग गरेका छन्। सरावल–५ का वडाध्यक्ष लक्ष्मणप्रसाद चौधरीका अनुसार स्थानीयहरूले दुई बिघा छ कठ्ठा दुई धुर जग्गा दान दिएका छन्, जसले अस्पताल निर्माणमा महत्वपूर्ण सहयोग पुर्याएको छ।

स्थानीय दिनेश सहानीले अस्पतालको निर्माणसँगै अब गाउँमै आधारभूत स्वास्थ्य सेवा पाउने आशा व्यक्त गर्दै यसले गाउँका नागरिकलाई उपचारका लागि टाढा जानुपर्ने समस्या अन्त्य गर्ने विश्वास व्यक्त गरे।

यो अस्पताल निर्माणपछि सरावल र वरपरका गाउँहरूले प्रत्यक्ष स्वास्थ्य लाभ लिन सक्नेछन्, जसले स्वास्थ्य क्षेत्रमा नयाँ परिवर्तन ल्याउनेछ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

समाजसेवी जयकिशोर यादव नवराजपुरका गरिब तथा विपन्न परिवारका सहारा बन्दै

समाजसेवी जयकिशोर यादव नवराजपुरका गरिब तथा विपन्न परिवारका सहारा बन्दै

समाजसेवी तथा नेपाली कांग्रेसका नेता जयकिशोर यादवद्वारा नवराजपुर–१ गेरुवाहामा करिब ६० घरधुरीलाई झुल वितरण

समाजसेवी तथा नेपाली कांग्रेसका नेता जयकिशोर यादवद्वारा नवराजपुर–१ गेरुवाहामा करिब ६० घरधुरीलाई झुल वितरण

सार्वजनिक विकासमा निजी त्याग: वडा कार्यालयका लागि जग्गा दिए समाजसेवी न्यौपानेले

सार्वजनिक विकासमा निजी त्याग: वडा कार्यालयका लागि जग्गा दिए समाजसेवी न्यौपानेले

भाडाको जग्गामा पसिना बगाउने किसान निराश, कृषि अनुदानमा पहुँच नपुगेको गुनासो

भाडाको जग्गामा पसिना बगाउने किसान निराश, कृषि अनुदानमा पहुँच नपुगेको गुनासो

नेतृत्व, व्यक्तित्व र संगठन विकासमा केन्द्रित बहुच्याप्टर तालिम आयोजना

नेतृत्व, व्यक्तित्व र संगठन विकासमा केन्द्रित बहुच्याप्टर तालिम आयोजना

ADVERTISEMENT

ट्रेन्डीङ्ग

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

मृतकप्रति चिरशान्तिको कामना गर्दै बिश्व हिन्दु परिषद नेपालद्वारा श्रद्धाञ्जली तथा दीप प्रज्वलन

मृतकप्रति चिरशान्तिको कामना गर्दै बिश्व हिन्दु परिषद नेपालद्वारा श्रद्धाञ्जली तथा दीप प्रज्वलन

जन्माष्टमीमा सेवाको हात : लहान सिटी जेसीजले बाँड्दैछ निःशुल्क पानी

जन्माष्टमीमा सेवाको हात : लहान सिटी जेसीजले बाँड्दैछ निःशुल्क पानी

लक्ष्मण–ललिता कुशवाहा माविका विद्यार्थीले विपद् व्यवस्थापन कोषमा ४५ हजार सहयोग

लक्ष्मण–ललिता कुशवाहा माविका विद्यार्थीले विपद् व्यवस्थापन कोषमा ४५ हजार सहयोग

मानवीय सेवामा जुट्यो लहान सिटी जेसीज, बाढीपहिरो पीडितलाई राहत पठाउने तयारी

मानवीय सेवामा जुट्यो लहान सिटी जेसीज, बाढीपहिरो पीडितलाई राहत पठाउने तयारी

नवराजपुरमा जयकृष्ण यादवद्वारा झुल अभियान १५ सय स्थानीय लभाम्बित

नवराजपुरमा जयकृष्ण यादवद्वारा झुल अभियान १५ सय स्थानीय लभाम्बित

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

सबैको रोजाइ बन्दै माखन भोग

सबैको रोजाइ बन्दै माखन भोग

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.